प्रधानमन्त्री कप क्रिकेट : पुलिसको जित   

आदर्श समाज सम्वाददाता
कार्तिक १७, २०७९
pm-cup

काठमाडौं ।  नेपाल पुलिस क्लब लुम्बिनी प्रदेशलाई पराजित गर्दै प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा पुलिसले लुम्बिनी प्रदेशलाई छ विकेटले हराउँदै सेमिफाइनलमा पुगेको हो । लुम्बिनीले दिएको एक सय ८९ रनको विजयी लक्ष्य पछ्याएको पुलिसले ३७ दशमलव एक ओभरमा चार विकेट गुमाएर पूरा ग¥यो ।

पुलिसको जितमा दीपेन्द्रसिंह ऐरीले अविजित रहँदै सर्वाधिक ४३ रनको योगदान दिए । त्यस्तै आरिफ शेखले ३५ रन बनाए भने सुनिल धमलाले ३६ तथा कुशल भुर्तेलले ३२ रन बनाए । त्यस्तै अमित श्रेष्ठले २८ रन बनाए । बलिङतर्फ लुम्बिनीका अनिल खरेलले दुई तथा दुर्गेश गुप्ता र मोहमद हुसेनले समान एक–एक विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले ४४ दशमलव दुई ओभरमा सबै विकेट गुमाउँदै एक सय ८८ रन बनाएको थियो । लुम्बिनीका लागि कप्तान देव खनालले सर्वाधिक ७४ रनको योगदान दिए । त्यसैगरी विशालविक्रम केसीले ३० रन जोडे भने प्रज्वल थापाले २३ रन बनाए । दुर्गेश थापा र मोहमद हुसेनले समान ११–११ रन जोडे ।

लुम्बिनीलाई एक सय ८८ रनमा समेट्ने क्रममा पुलिसका दीपेन्द्रसिंह ऐरी एक्लैले चार विकेट लिए । त्यस्तै सागर ढकाल र करण केसीले समान दुई–दुई विकेट झारे । जितसँगै पुलिस तीन खेलमा छ अङ्क जोड्दै समूह ‘बी’को शीर्षस्थानमा रहेको छ । पराजित लुम्बिनी दुई खेलमा दुई अङ्क जोडेर अङ्कतालिकाको दोस्रो स्थानमा रहेको छ ।   रासस

Related News

सम्बन्धित समाचार

  • क्यान विवादबीच पोखरा बोर्ड बैठकका यस्ता छन् निर्णय

    विजय नेपाल माघ १८, २०७९
    पोखरा। नेपाल क्रिकेट संघ (क्यान) मा विद्यमान विवादबीच पोखरामा बसेको संघको बोर्ड बैठकले महत्वपूर्ण विभिन्न निर्णय गरेको छ । क्यानका…
  • सन्दीपमाथिको निलम्बन फुकुवा

    आदर्श समाज सम्वाददाता माघ १७, २०७९
    पोखरा । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेमाथिको निलम्बन फुकुवा गरेको छ । नावालिका बलात्कार…
  • घरेलु मैदानमा नेपाललाई सफलता

    आदर्श समाज सम्वाददाता मंसिर ३, २०७९
    पोखरा । नेपालले युएईलाई शुक्रबार ६ विकेटले हराएर घरेलु मैदानमा पहिलो एक दिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) शृंखला जितेको छ । नेपालले…
  • वाईवाई छनोट क्रिकेटमा नवलपुर च्याम्पियन

    आदर्श समाज सम्वाददाता कार्तिक ३०, २०७९
    पोखरा । वाईवाई गण्डकी प्रदेशस्तरीय क्रिकट छनोट प्रतियोगितामा नवलपुर लिगको शीर्षस्थानमा रहँदै च्याम्पियन बनेको छ । नवलपुरले ३ खेलमा पूरा…
  • स्याङ्जाद्वारा तनहुँ पराजित

    आदर्श समाज सम्वाददाता कार्तिक २९, २०७९
    पोखरा । वाईवाई गण्डकी प्रदेशस्तरीय क्रिकट छनौट प्रतियोगितामा स्याङ्जाले तनहुँलाई ५ विकेटले पराजित गरेको छ । क्रिकेट संघ, गण्डकीको आयोजनामा…

hero news full width