गण्डकी बहुप्राविधिक शिक्षालयमा वादविवाद सम्पन्न

आदर्श समाज सम्वाददाता
कार्तिक १७, २०७९
photo group

पोखरा । गण्डकी बहुप्राविधिक शिक्षालय, भण्डारढिकमा वादविवाद प्रतियोगिता सम्पन्न भएको छ । ‘सामाजिक सञ्जाल अभिशाप नभई वरदान’ शीर्षकमा सो वादविवाद प्रतियोगिता सम्पन्न भएको हो । अतिरिक्त क्रियाकलाप अन्तर्गत तीन दिन सम्पन्न हुने कार्यक्रमको सुरुआती चरणमा सो प्रतियोगिता सम्पन्न भएको हो ।

कार्यक्रममा पहिलो सेमेष्टरदेखि चौथो सेमेष्टरका विद्यार्थीहरूको सहभागिता रहेको शिक्षालयका शैक्षिक प्रमुख सरोज अधिकारीले जानकारी गराए । कुल १८ जना प्रतिस्पर्धी रहेको सो कार्यक्रममा स्मृति गिरीले प्रथम स्थान प्राप्त गरेकी छिन् । त्यसैगरी ममिता वि.क. द्वितीय र शर्मिला सुनारले तृतीय स्थान प्राप्त गरेका छन् ।

कार्यक्रममा बोल्दै शिक्षालयका निर्देशक लक्ष्मण तिमिल्सिनाले प्राविधिक विषय अध्ययन गर्ने विद्यार्थीले पनि आफूलाई विविध विषयमा सहभागी गराउँदै आफ्नो व्यक्तित्व विकास गर्दै लैजानुपर्ने धारणा राखेका थिए । साथै उनले अभिव्यक्ति क्षमता एवम् तार्किक क्षमता हरेक व्यक्तिमा अपरिहार्य रहने भएकाले विद्यार्थीले समयमै यस प्रकारको क्षमता विकास गर्नुपर्ने बताए ।

सो प्रतियोगितामा सञ्जीव पौडेलको संयोजकत्वमा राम गुरुङ सदस्य रहेको निर्णायक समितिले निर्णय प्रस्तुत गरेको थियो । कार्यक्रमको सञ्चालन शिक्षालयका शैक्षिक प्रमुख सरोज अधिकारीले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width