पोखरा, १६ कात्तिक । आदर्श समाज राष्ट्रिय दैनिक र कास्की आदर्श समाज अन्तर्राष्ट्रिय समन्वय परिषद्, नेपालबीच आपसी सहकार्यका लागि परिषद्ले बुधबार पत्र हस्तान्तरण गरेको छ ।
पोखरा–८ न्यूरोडस्थित पत्रिकाको कार्यालयमा आयोजित कार्यक्रममा परिषद्का प्रवक्ता सन्तोष तिमल्सिनाले पत्रिकाका प्रधानसम्पादक कृष्णप्रसाद बास्तोलालाई सहकार्यका लागि पत्र हस्तान्तरण गरेका थिए । समाजलाई समृद्ध बनाउन परिषद् र पत्रिकाको उद्देश्य समान भएका कारण सहकार्यको तयारी अगाडि बढाइएको प्रधानसम्पादक बास्तोलाले जानकारी दिए ।
उक्त अवसरमा परिषद्का वरिष्ठ उपाध्यक्ष हंसराज ढकाल क्षत्री, सहसंयोजकद्वय विकासराज वराल र प्रकाशलाल श्रेष्ठ, नेपाल च्याप्टरका सचिव हरिबहादुर ढकाल लगायतको उपस्थिति रहेको थियो । परिषद्ले गत आर्थिक वर्षमा स्थानीय निकाय र विद्यालयसँग समन्वय गर्दै कास्कीमा ४८ जनालाई शैक्षिक अक्षयकोषबाट छात्रवृत्ति प्रदान गरेको जनाएको छ ।
विश्वभरिका कस्केली खोजी अभियान, समृद्ध जन्मथलो हाम्रो अभियान भन्ने मूल नाराका साथ सन् २०१७ अक्टोबर ९ मा परिषद्को स्थापना भएको हो । आफ्नो जन्मभूमि, परिवार र शुभचिन्तकहरुलाई छाडी आफ्नो जीवनस्तर उकास्नका खातिर विदेशमा छरिएर रहेका कस्केलीहरुको मिलनविन्दुको रुपमा समेत उक्त संस्था रहेको छ ।
आपसी एकता, सद्भाव र भाइचारा अभिवृद्धि गर्ने र आफूले हासिल गरेका सीपमार्फत् जिल्लाको एकीकृत विकासमा योगदान दिने उद्देश्य पनि संस्थाको रहेको छ । विश्वका विभिन्न मुलुकहरुमा कार्यरत कस्केली समाजलाई केन्द्रित रुपमा जिल्लासँग जोडी कार्य गर्ने अभियानमा पनि संस्था रहेको छ ।
यो संस्था जिल्लाको समग्र विकासमा सहयोग पुर्याउने गैरनाफामूलक, गैरराजनीतिक सामाजिक संस्था हो । जिल्लाका दैवी प्रकोपपीडित र गरिब तथा जेहेनदार विद्यार्थीलाई सहयोग गर्न राहत कोषमार्फत समेत संस्थाले काम गर्दै आएको छ । अहिलेसम्म १४ देशमा १६ संस्था र नेपालसहित २५ देशको आवद्धता परिषद्मा रहेको जनाइएको छ ।
Related News
सम्बन्धित समाचार
पिएनसी जग्गा विवाद : कित्ता नम्बर ८३३ साठीघरे पराजुलीको ‘खरबारी ’
मौरीका घारले भरियो रत्नेचौरको तोरीबारी
चर्को ब्याजदरले छटपटी : घरमै पुगेर ऋणीलाई टर्चर !
जलचराको प्रजाति बढ्दै संख्या घट्दै
राष्ट्रिय स्वतन्त्र पार्टीले धैर्य गर्नुपर्छ : माओवादी
hero news full width
मुख्य समाचार
राष्ट्र बैंकका प्रथम गभर्नर राणाको निधन
प्रदेशका पाँच वर्ष : अपेक्षा धेरै, फिलतो कार्यान्वयन
माघ २२, २०७९२१ नाटक प्रदर्शनसहित सकियो नाटक महोत्सव
माघ २१, २०७९प्रदेश सांसदका चिन्ता: न संघले हेर्छ, न पालिकाले टेर्छ
माघ २१, २०७९मुग्लिन–पोखरा सडकखण्ड निर्माण सुस्त, पर्यटनमा मार
माघ २१, २०७९गण्डकीमा प्रतिपक्षी दलको सहमतिपछि विनियोजन ऐन संशोधन विधेयक पेस
माघ २०, २०७९