पोखरा । पोखरा विश्श्वविद्यालयले पोखरा विश्वविद्यालय सेवा आयोगका नवनियुक्त अध्यक्ष प्रा तीर्थराज अर्याल र सदस्य प्रा डा उमानाथ बराललाई स्वागत गरेको छ ।
पोखरा विश्वविद्यालयको केन्द्रीय कार्यालयमा सोमबार आयोजित कार्यक्रममा विश्वविद्यालयका उपकुलपति प्राडा प्रेमनारायण अर्याल र रजिष्ट्रार प्राडा दीपकबहादुर भण्डारीले नवनियुक्त सेवा आयोगका अध्यक्ष र सदस्यलाई खादा ओढाइ स्वागत तथा बधाई दिएका हुन् ।
कार्यक्रममा उपकुलपति प्राडा अर्यालले शिक्षक तथा कर्मचारीको सही व्यवस्थापन गरी विश्वविद्यालयको गरिमा उँचो राख्न सेवा आयोग सक्षम हुने विश्वास व्यक्त गरे । रजिष्ट्रार भण्डारीले सेवा आयोग विश्वविद्यालयको मेरूदण्ड भएको बताउँदै विवादरहित तरिकाले राम्रा र सक्षम शिक्षक तथा कर्मचारी छनोटमा आयोगको योगदान महत्वपूर्ण रहने बताए । सेवा आयोगका नवनियुक्त अध्यक्ष प्रा तीर्थराज अर्यालले प्राप्त जिम्मेवारीलाई अवसरका रूपमा लिंदै विश्वविद्यालयको नियम, कार्यविधिअनुसार आयोगका काम कारबाही अगाडि बढाउने उल्लेख गरे ।
सदस्य प्राडा उमानाथ बरालले पोखरा विश्वविद्यालयको गरिमामय पहिचान रहेको उल्लेख गर्दै आपसी सहयोगमा आफ्नो पदीय दायित्व र कर्तव्य निर्वाह गर्ने बताए । कार्यक्रममा सहप्रशासक तारादेवी सापकोटालगायतले बोलेका थिए ।
विश्वविद्यायको सूचना अधिकारी लोकप्रसाद ढकालका अनुसार प्रधानमन्त्री एवं पोखरा विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाद्वारा पोखरा विश्वविद्यालय ऐन, २०५३ बमोजिम उहाँहरू उक्त पदमा चार वर्षका लागि नियुक्ति भएका हुन् ।
प्रा अर्याल अंग्रेजी र प्राडा बराल राजनीतिकशास्त्रका प्राध्यापक हुन् ।
Related News
सम्बन्धित समाचार
हेमजा युनाइटेडमा राजेश
गुणस्तरीय सौन्दर्य सामग्री बेच्न आग्रह
सिद्धार्थ नमुना दिदीबहिनीमा दुर्गादेवी
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भन्सार विन्दु
दृष्टिविहीन शिक्षकलाई आइसिटी तालिम
hero news full width
मुख्य समाचार
राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिने
राष्ट्र बैंकका प्रथम गभर्नर राणाको निधन
माघ २२, २०७९प्रदेशका पाँच वर्ष : अपेक्षा धेरै, फिलतो कार्यान्वयन
माघ २२, २०७९२१ नाटक प्रदर्शनसहित सकियो नाटक महोत्सव
माघ २१, २०७९प्रदेश सांसदका चिन्ता: न संघले हेर्छ, न पालिकाले टेर्छ
माघ २१, २०७९मुग्लिन–पोखरा सडकखण्ड निर्माण सुस्त, पर्यटनमा मार
माघ २१, २०७९