पोखरा । क्रिकेटको जननी क्लबको रुपमा चिनिन्छ–बेलायतको मेरीलिवोन क्रिकेट क्लब । यस क्लबले २३५ वर्षको इतिहास बोकेको छ । यो क्रिकेट क्लब सन् १७८७ मा स्थापना भएको हो । यही क्लबले क्रिकेटको नियम बनाएको हो ।
विश्वकै पुरानो क्रिकेट क्लब एमसिसी गएको कात्तिक ५ देखि नेपाल भ्रमणमा छ । सोही क्लबको महिला टोली नेपालमा क्रिकेट खेल्नकै लागि आएको हो । सोही अनुसार उक्त एमसिसीको महिला टोली पोखरा रंगशालामा आफ्नो अन्तिम खेल खेल्यो । अन्तिम खेलमा टोली नेपाली महिला टोलीसँग पराजित भयो ।
नेपाल बसाइँभर एमसिसीले ६ खेल खेल्यो । जसमा २ खेल जितेर ४ खेल हार्यो । आइसिसीको यु–१९ र मिक्स–११ लाई हराएको एमसिसीले नेपालको क्यान ११ सँगको सबै खेल हारेको हो । खेल हारजीतभन्दा पनि अनुभव आदानप्रदान उदाहरणीय बनेको नेपाली टिमकी कप्तात रुबिना क्षत्रीले बताइन् । ‘खेल जिते पनि हामीले राम्रो खेल्न सकेनौं । हामीलाई ४० ओभरको खेल्ने बानी पनि छैन्,’ उनले भनिन्, ‘क्रिकेटको पुरानो क्लबसँग खेल्नु ठूलो कुरा हो उहाँहरुसँग धेरै सिकियो ।’ यस खेलले आगामी खेलमा धेरै सहयोग पुग्ने उनले बताइन् ।
एमसिसीको टुर नेपाल आउनु आफूहरुको लागि सिक्ने अवसर भएको प्रशिक्षक जगत टमाटाले बताए । ‘एमसिसीले पनि एकदमै राम्रो टिम लिएर आएको थियो । उनीहरुसँग खेल्दा खेलाडीहरुमा आत्मविश्वास पनि बढेको छ,’ टमाटाले भने, ‘खेलाडीहरुको कन्फिडेन्ट बढेकाले हामीले सबै खेल पनि जित्यौं । हाम्रो लागि निकै राम्रो रह्यो ।’ टिमसँग खेलेर ४० ओभर खेल कसरी खेल्ने, आफूलाई मानसिकरुपमा कसरी तयार गर्ने र फिटनेसमा कति ध्यान दिनुपर्ने रहेछ भन्ने जस्ता धेरै विषयमा ज्ञान बढेको टमाटाले जानकारी दिए ।
नेपाल क्रिकेट संघ, कास्की अध्यक्ष सञ्जयकान्त सिग्देलले एमसिसीसँगको खेलले अनुभव आदानप्रदानमा सहयोग पुगेको बताए । ‘एमसिसीमा इङ्यान्डबाट विश्वकप खेलिसकेका खेलाडीहरु थिए । हाम्रा खेलाडीहरुले इङ्यान्डका खेलाडीहरुबाट अनुभव लिन पाएँ,’ सिग्देलले भने, ‘अनुभवी खेलाडीहरुसँग खेलेर जितेपछि नेपालीमा आत्मविश्वास बढेको छ ।’ यो प्रतियोगिताले नेपाली खेलाडीहरुको कमजोरी पनि देखिएको छ । जसलाई सुधार गरेर जाने अवसर मिलेको उनले बताए ।
Related News
सम्बन्धित समाचार
क्यान विवादबीच पोखरा बोर्ड बैठकका यस्ता छन् निर्णय
सन्दीपमाथिको निलम्बन फुकुवा
घरेलु मैदानमा नेपाललाई सफलता
वाईवाई छनोट क्रिकेटमा नवलपुर च्याम्पियन
स्याङ्जाद्वारा तनहुँ पराजित
hero news full width
मुख्य समाचार
राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिने
राष्ट्र बैंकका प्रथम गभर्नर राणाको निधन
माघ २२, २०७९प्रदेशका पाँच वर्ष : अपेक्षा धेरै, फिलतो कार्यान्वयन
माघ २२, २०७९२१ नाटक प्रदर्शनसहित सकियो नाटक महोत्सव
माघ २१, २०७९प्रदेश सांसदका चिन्ता: न संघले हेर्छ, न पालिकाले टेर्छ
माघ २१, २०७९मुग्लिन–पोखरा सडकखण्ड निर्माण सुस्त, पर्यटनमा मार
माघ २१, २०७९