पोखरा । श्री आदर्श अर्गानिक कृषक समूह, पोखरा १३ आर्वाको दोस्रो अधिवेशनले शिवप्रसाद बरालको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत चयन गरेको छ । समूहको उपाध्यक्ष सीता ढुंगाना सिग्देल, सचिव राजनकुमार सिग्देल, सहसचिव मदन बराल र कोषाध्यक्ष श्रीराम बराल चयन भए । सदस्यहरु भूपति बराल, शर्मिला सिग्देल, सीता परियार र ऋषिराम बराल छन् ।
सल्लाहकारमा कृष्णप्रसाद सिग्देल, ऋषिराम सिग्देल, विष्णुप्रसाद बराल, श्रीराम सिग्देल, सूर्यबहादुर सिग्देल, बद्रीप्रसाद देवकोटा र शिवराज बराल मनोनीत भए ।
अधिवेशन समूहका संस्थापक अध्यक्ष कृष्णप्रसाद सिग्देलले उद्घाटन गरे । उनले कृषक समूहलाई फराकिलो बनाउँदै मितव्ययी रुपमा कारोबार गर्न सुझाव दिए । कार्यक्रममा मोहरपानी आदर्श टोल विकास संस्थाका अध्यक्ष श्रीराम सिग्देल, सहेंले सालघारी सान्तेडाँडा वन उपभोक्ता समिति आर्वाका अध्यक्ष विष्णुप्रसाद बराल, मोहरपानी आदर्श टोल विकास संस्थाका सल्लाहकार ऋषिराम सिग्देल, जागरण आमा समूहकी सचिव नमुना बराल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
आदर्श अर्गानिक कृषक समूहका अध्यक्ष बद्रीप्रसाद देवकोटाको अध्यक्षयतामा भएको कार्यक्रममा उपाध्यक्ष सीता ढुंगाना सिग्देलले स्वागत तथा सचिव शिवराज बरालले कार्यक्रम सञ्चालन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
हेमजा युनाइटेडमा राजेश
गुणस्तरीय सौन्दर्य सामग्री बेच्न आग्रह
सिद्धार्थ नमुना दिदीबहिनीमा दुर्गादेवी
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भन्सार विन्दु
दृष्टिविहीन शिक्षकलाई आइसिटी तालिम
hero news full width
मुख्य समाचार
राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिने
राष्ट्र बैंकका प्रथम गभर्नर राणाको निधन
माघ २२, २०७९प्रदेशका पाँच वर्ष : अपेक्षा धेरै, फिलतो कार्यान्वयन
माघ २२, २०७९२१ नाटक प्रदर्शनसहित सकियो नाटक महोत्सव
माघ २१, २०७९प्रदेश सांसदका चिन्ता: न संघले हेर्छ, न पालिकाले टेर्छ
माघ २१, २०७९मुग्लिन–पोखरा सडकखण्ड निर्माण सुस्त, पर्यटनमा मार
माघ २१, २०७९