पोखरा, १४ कात्तिक । अमरसिंह ब्वाईज क्लबले पहिलो पटक एट ए साइड भेट्रान्स फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।
अमरसिंहचौरको खेल मैदानमा कात्तिक १७ देखि ४५ वर्ष उमेर समूहको सो प्रतियोगिता हुने भएको हो ।
प्रतियोगितामा पोखरा, चितवन, हेटौडा, काठमाडौं, बुटबल र धनगढीका गरी १२ टोलीको प्रतिस्पर्धा रहने क्लबका अध्यक्ष एवं प्रतियोगिता संयोजक राजेश गुरुङले जानकारी दिए । प्रतियोगितामा आयोजक अमरसिंह क्वाइजको सेतो र नीलो गरी २ टोलीले प्रतिस्पर्धा गर्ने छन् ।
हेटौडा, एक्स पोखरा, लेकसाईड, नाईटकिङ, र चितवन एउटा समूहमा छन् । त्यस्तै आयोजक अमरसिंह ब्वाइजको नीलो, फ्रिडम फाइटर, एक्स वारियर, बुटवल, गण्डकी प्रदेश र धनगढी अर्को समूहमा छन् ।
पहिलो खेल आयोजक अमरसिंह ब्वाईज सेतोले एक्स पोखरासँग खेल्दै प्रतियोगिताको शुरुवात गर्ने छ ।
विजेताले नगद १ लाख ५५ हजार ५५५ रुपैयाँसहित शिल्ड प्राप्त गर्ने छ । उपविजेताले नगद ७७ हजार ७ सय ७७ रुपैयाँ प्राप्त गर्ने छ । खेलमा म्यान अफ दि टुर्नामेन्टले नगद १० हजार प्राप्त गर्दा उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट प्रशिक्षकले नगद ५÷५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्ने छन् ।
Related News
सम्बन्धित समाचार
बहिरा संघको फुटबल सुरु
क्युपेकमा सेभन ए साइड फुटबल प्रतियोगिता
कुलपति रनिङ सिल्डः उपाधिका लागि भद्रकाली र कालिका भिड्दै
कुलपति रनिङ सिल्डः सेमिफाइनल समिकरण पूरा
कुलपति रनिङ सिल्डमा इन्द्र राज्यलक्ष्मी सेमीमा
hero news full width
मुख्य समाचार
राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिने
राष्ट्र बैंकका प्रथम गभर्नर राणाको निधन
माघ २२, २०७९प्रदेशका पाँच वर्ष : अपेक्षा धेरै, फिलतो कार्यान्वयन
माघ २२, २०७९२१ नाटक प्रदर्शनसहित सकियो नाटक महोत्सव
माघ २१, २०७९प्रदेश सांसदका चिन्ता: न संघले हेर्छ, न पालिकाले टेर्छ
माघ २१, २०७९मुग्लिन–पोखरा सडकखण्ड निर्माण सुस्त, पर्यटनमा मार
माघ २१, २०७९