तमु कलाकारलाई नौमती बाजा सहयोग

आदर्श समाज सम्वाददाता
कार्तिक १४, २०७९
Baja Help Photo 1

पोखरा, १४ कात्तिक । तमु कलाकार संघ नेपाल, गण्डकीलाई नौमती बाजा सहयोग प्राप्त भएको छ । समाजसेवी तथा लोकसंस्कृतिप्रेमी तेजबहादुर गुरुङको परिवारले तमु कलाकार संघ नेपाल, गण्डकीलाई नौमती बाजा हस्तान्तरण गरेको हो ।

लामा अमृत फाउन्डेसन घान्द्रुकको संयोजन र संघका सल्लाहकार तथा तमु धिंं नेपालका अध्यक्ष हुमबहादुर गुरुङ, संरक्षक शंकरविरही गुरुङ, कलाकार ताराबहादुर गुरुङ, अन्नपूर्ण गाउँपालिका ७ का अध्यक्ष भरतमान गुरुङ लगायतको उपस्थितिमा बाजा हस्तान्तण गरिएको हो ।

कार्यक्रममा सहयोगदाता तेजबहादुर गुरुङले तमु कलाकारले पनि पञ्चेबाजा बजाउन सुरु गरेकाले यो संस्कृति जोगाइराख्न सहयोग गरेको बताए । तेजसहित उनकी श्रीमती अशरी र छोरा स्वीकारले १ लाख ५० हजार बराबरको बाजा तमु कलाकार संघलाई सहयोग गरेका हुन् ।

संघका सल्लाकार तथा तमु धिंं नेपालका अध्यक्ष हुमबहादुर गुरुङले नौमती बाजा सबै गुरुङहरुको शुभकार्यमा बजाउन आग्रह गरे । बाजाले तमु कलाकारलाई आत्मीयता बढाउने र संगठित हुने अवसर जुराउने धारणा राखे । बाजा माध्यमबाट कलाकारको आर्थिक अवस्था पनि सुधारिने उनको विश्वास छ ।

तमु कलाकार संघ नेपाल, गण्डकी अध्यक्ष सुरेन्द्र गुरुङले पञ्चे बाजा एउटा समुदायमा मात्र सीमित नभई गरुङ समुदायले पनि अवलम्बन गर्नुपर्छ भनेर अघि सरेको बताए । पछिल्लो समय संरक्षण गर्दै आयआर्जनको पाटो बनाएको अवस्थामा सहयोगदाताले सहयोग गरेकोमा धन्यवाद दिए ।

संघले बाजा समिति संयोजकमा कलाकार रोशन गुरुङलाई चयन गरेको छ । संघले सहयोगीदाताको शुभकार्यमा निशुल्क नौमती बाजा बजाउने र सहयोग गर्ने तेजबहादुर गुरुङलाई मानार्थ सदस्य दिएको छ ।
लामा अमृत फाउन्डेसन घान्द्रुकका अध्यक्ष अमृत गुरुङले संघलाई प्राप्त बाजाको सदुपयोग गर्नुपर्ने बताए । उनले आगामी दिनमा पनि तमु कलाकार संघ र फाउन्डेसनसँगसँगै मिलेर अघि बढ्ने प्रतिबद्धता जनाए ।

Related News

सम्बन्धित समाचार

  • सञ्जीवले ल्याए ‘जून ओर्लेको रात’

    आदर्श समाज सम्वाददाता चैत्र ११, २०८०
    पोखरा । कवि सञ्जीव पौडेलको कवितासंग्रह ‘जून ओर्लेको रात’ बजारमा आएको छ । शनिबार पोखरामा आयोजित दौंतरी कार्यक्रममा उक्त कृति…
  • ‘प्रिया !’ मुक्तक संग्रह लोकार्पण

    आदर्श समाज सम्वाददाता चैत्र ११, २०८०
    पोखरा । उपप्राध्यापक सुरज पौडेलद्वारा लिखित ‘प्रिया !’ मुक्तक संग्रह लोकार्पण गरिएको छ । सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठान पोखरा आयोजनामा शनिबार…
  • फेवाताल किनारमा चित्ताकर्षक ओडिसी नृत्य

    आदर्श समाज सम्वाददाता चैत्र १०, २०८०
    पोखरा । नेपाल र भारतको समृद्ध सांस्कृतिक सम्पदा मनाउन पोखरामा शनिबार साँझ भारतीय शास्त्रीय ओडिसी नृत्य र नेपाली लोकनृत्य प्रस्तुत गर्दै…
  • कर्मचारी युनियन कास्कीको क्यालेन्डर

    आदर्श समाज सम्वाददाता चैत्र ९, २०८०
    पोखरा । नेपाल निजामती कर्मचारी युनियन कास्कीले विसं २०८१ को क्यालेन्डर निकालेको छ । शुक्रबार पोखरा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा…
  • जसुलाई रोटरी भोकेसनल एक्सिलेन्स अवार्ड

    आदर्श समाज सम्वाददाता चैत्र ५, २०८०
    पोखरा । पोखराकी जसु गुरुङ १ लाख राशिको रोटरी भोकेसनल एक्सिलेन्स अवार्डबाट सम्मानित भएकी छन् । महिलालाई सामाजिक सेवामा प्रोत्साहित…

hero news full width