पोखरा । फुटबलर अञ्जन देवकोटालाई बगर भाइखलकले उपचारका लागि १ लाख आर्थिक सहयोग गरेको छ । पोखरेली फुटबलर देवकोटाको बायाँ घुँडाको शल्यक्रियाका लागि १ लाख सहयोग प्रदान गरिएको पूर्व राष्ट्रिय फुटबल खेलाडीसमेत रहेका भाइखलकका सदस्य ईश्वर (चन्द्र) गुरुङले जानकारी दिए । उनकाअनुसार पोखरा महानगरपालिका १ निवासी फुटबलर देवकोटालाई स्पोर्टस् क्यासलमा शनिबार सहयोग रकम हस्तान्तरण गरिएको हो ।
फुटबलर देवकोटा दमौलीमा भएको खेलमा घाइते भएका थिए । ‘उनको सामान्य उपचारले मात्रै नहुने भएपछि अप्रेसन नै गर्नुपर्ने भनिएपछि हामीले केही आर्थिक सहयोग गरेका हौं,’ गुरुङले भने, ‘यो सहयोग रकम यथेष्ट नभए पनि केही सघाउ पुग्नेछ ।’
सहयोग ग्रहणपश्चात् देवकोटाले बगर भाइखलकप्रति आभार प्रकट गरे । ‘मेरो खुट्टाको उपचारका लागि भाइखलकका मामाहरुले सहयोग जुटाइदिनु भयो । त्यसको लागि बगर भाइखलकका मामाहरुप्रति एकदमै आभारी छु,’ उनले भने ।
उनले बगर भाइखलकसँगै अन्य विभिन्न व्यक्तित्वले समेत सहयोग प्रदान गरिरहेको जानकारी दिँदैं सफल अप्रेसनपछि फेरि खेलमा फर्किने बताए । ‘मेरो अप्रेसन सफल भइसकेपछि डाक्टरको सल्लाह सुझावअनुसार म केही महिनाको बेडरेस्टमा हुनेछु, ‘पूर्णरुपमा ठीक भएपछि फेरि मैदानमा फर्किनेछु ।’
फुटबलर देवकोटा विभिन्न प्रतिष्ठित क्लबहरुबाट फुटबल प्रतियोगिता खेल्दै आएका थिए ।
सोही कार्यक्रमकै अवसरमा पोर्चुगल जान लागेका क्लबका खगेन्द्र गुरुङ (कान्छा) लाई खलकका पदाधिकारीले खादा लगाएर बिदाइ गरेका छन् ।
Related News
सम्बन्धित समाचार
बहिरा संघको फुटबल सुरु
क्युपेकमा सेभन ए साइड फुटबल प्रतियोगिता
कुलपति रनिङ सिल्डः उपाधिका लागि भद्रकाली र कालिका भिड्दै
कुलपति रनिङ सिल्डः सेमिफाइनल समिकरण पूरा
कुलपति रनिङ सिल्डमा इन्द्र राज्यलक्ष्मी सेमीमा
hero news full width
मुख्य समाचार
राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिने
राष्ट्र बैंकका प्रथम गभर्नर राणाको निधन
माघ २२, २०७९प्रदेशका पाँच वर्ष : अपेक्षा धेरै, फिलतो कार्यान्वयन
माघ २२, २०७९२१ नाटक प्रदर्शनसहित सकियो नाटक महोत्सव
माघ २१, २०७९प्रदेश सांसदका चिन्ता: न संघले हेर्छ, न पालिकाले टेर्छ
माघ २१, २०७९मुग्लिन–पोखरा सडकखण्ड निर्माण सुस्त, पर्यटनमा मार
माघ २१, २०७९