नवलपुरमा काव्य सुधा

आदर्श समाज सम्वाददाता
कार्तिक १४, २०७९
gaidakot kabya sudhad

गैंडाकोट । मानव अधिकार तथा शान्ति समाज नवलपुरले शान्ति काव्य सुधा कार्यक्रम गरेको छ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११४औं जन्मजयन्तीको अवसरमा गैंडाकोटमा आयोजना गरिएको कार्यक्रममा चितवन तथा नवलपुरका साहित्यकारको उपस्थिति थियो ।

शान्ति समाज नवलपरासीका संस्थापक सभापति एवं वरिष्ठ साहित्यकार गोविन्दराज विनोदी प्रमुख अतिथि रहेको कार्यक्रममा विनोदीले महाकविको अनुशरण बिना नेपाली समाज र साहित्य अपुरो हुने बताउँदै महाकविको रचनावाचन गरेका थिए ।

कार्यक्रममा शान्ति समाजका पूर्व केन्द्रीय अध्यक्ष डा. गंगाधर अधिकारीले महाकविका विषयमा सोधखोज अझैसम्म पूरा हुन नसकेको र समाजले चिन्न नसकेकोमा दुःख व्यक्त गरे ।

मानव अधिकार तथा शान्ति समाजका पूर्व केन्द्रीय सचिव राजेन्द्र पौडेल, पूर्व अध्यक्ष रामहरि शर्मा शराह, निवर्तमान अध्यक्ष सुरेन्द्रराज अधिकारी, चितवन सभापति शम्भु रावतसँगै छवि कँडेल, वेदप्रसाद गौडेल, श्रीधर उपाध्याय पुष्प अधिकारी, हरि प्रिया रिजाल, इन्द्रराज पौडेल, विदुर अधिकारी, विष्णु पन्थी, शंकर आचार्य, उदयनाथ रेग्मी, राजेन्द्र घायलको उपस्थिति थियो । मुना धनञ्जयको स्वागत मन्तव्यसँगै सुरु भएको कार्यक्रममा मानव अधिकार, शान्ति, लोकतन्त्र र अहिंसाका लागि दीप प्रज्ज्वलन गर्दै कार्यक्रमको उद्घाटन गरिएको थियो । उद्योग वाणिज्य संघ गैंडाकोटमा भएको कार्यक्रमको सहजीकरण जिल्ला शाखा सदस्य सुजन अधिकारीले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • सञ्जीवले ल्याए ‘जून ओर्लेको रात’

    आदर्श समाज सम्वाददाता चैत्र ११, २०८०
    पोखरा । कवि सञ्जीव पौडेलको कवितासंग्रह ‘जून ओर्लेको रात’ बजारमा आएको छ । शनिबार पोखरामा आयोजित दौंतरी कार्यक्रममा उक्त कृति…
  • ‘प्रिया !’ मुक्तक संग्रह लोकार्पण

    आदर्श समाज सम्वाददाता चैत्र ११, २०८०
    पोखरा । उपप्राध्यापक सुरज पौडेलद्वारा लिखित ‘प्रिया !’ मुक्तक संग्रह लोकार्पण गरिएको छ । सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठान पोखरा आयोजनामा शनिबार…
  • फेवाताल किनारमा चित्ताकर्षक ओडिसी नृत्य

    आदर्श समाज सम्वाददाता चैत्र १०, २०८०
    पोखरा । नेपाल र भारतको समृद्ध सांस्कृतिक सम्पदा मनाउन पोखरामा शनिबार साँझ भारतीय शास्त्रीय ओडिसी नृत्य र नेपाली लोकनृत्य प्रस्तुत गर्दै…
  • कर्मचारी युनियन कास्कीको क्यालेन्डर

    आदर्श समाज सम्वाददाता चैत्र ९, २०८०
    पोखरा । नेपाल निजामती कर्मचारी युनियन कास्कीले विसं २०८१ को क्यालेन्डर निकालेको छ । शुक्रबार पोखरा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा…
  • जसुलाई रोटरी भोकेसनल एक्सिलेन्स अवार्ड

    आदर्श समाज सम्वाददाता चैत्र ५, २०८०
    पोखरा । पोखराकी जसु गुरुङ १ लाख राशिको रोटरी भोकेसनल एक्सिलेन्स अवार्डबाट सम्मानित भएकी छन् । महिलालाई सामाजिक सेवामा प्रोत्साहित…

hero news full width