बुलिङटार दुर्घटना अपडेट : मृतक ५ को सनाखत, ३० जनालाई अस्पताल लगियो

रामकुमार श्रेष्ठ
कार्तिक १३, २०७९
313201319_1544292462684384_6558446462431723913_n

नवलपरासी  ।  पूर्वी नवलपरासीको बुलिङटारमा बस दुर्घटनामा ५ जनाकाे निधन भएकाे छ भने ३० जना घाइते भएका छन् ।

पाल्पाकाे रम्भा गाउँपालिकाकाे हुँगीबाट मनकामना दर्शनको लागि जादै गरेको ना ६ ख ७५८० नम्बरकाे बस बुलिङ्गटार-२, डाडाझेरीको मथारमा दुर्घटना हुँदा ५ जनाकाे घटना स्थलमै निधन भएकाे हाे ।

दुर्घटनामा परेर बसमा सवार ३५ जना मध्य ५ जनाकाे निधन भएकाे र बाँकी ३० जना सबै घाईते भएकाे जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएकाे छ ।

बस कालीगण्डकी काेरीडाेरकाे सडकबाट १०० मिटरतल खसेकाे थियाे । दुर्घटनामा परी पाल्पाकाे रम्भा गाउँपालिका १ निवासी ४१ वर्षीया तारा विक, १७ वर्षीय विनयी विक, ६२ वर्षीय धनी विक, ५८ वर्षीय देवी गाहा र स्याङ्जाकाे गल्याङ १ बेलचाैर निवासी ४५ वर्षीया फूलमाया माझीकाे घटनास्थलमै निधन भएकाे जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक सन्ताेष पाठकले बताए घाइतेहरूकाे उद्दार गरी उपचारकाे लागि भरतपुर तर्फ पठाइएकाे छ ।

Related News

सम्बन्धित समाचार

hero news full width