पोखरा । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष फुटबलमा समूह ‘बि’ को विजेता बन्दै एफिएफ सेमिफाइनल प्रवेश गरेको छ ।
लामाचौरस्थित गोस्तेघाट खेल मैदानमा भएको समूह चरणको अन्तिम खेलमा एफिएफले वागमतीलाई ३–१ गोलले पाखा लगाउँदै सेमिफाइनल स्थान पक्का गरेको हो । जीतसँगै ६ अंकका साथ एफिएफ शीर्षस्थानमा रहँदै सेमिफाइनलमा प्रवेश गरेको हो । पहिलो हाफमा १ गोलले पछि परेको एपिएफले दोस्रो पुनरागमनसहित जीत हात पारेको हो ।
यसअघि एपिएफले मधेश प्रदेशलाई ६–० ले हराएको थियो भने बागमतीले मधेशलाई २–० ले हराएको थियो । हारसँगै अंक मधेश प्रदेश लिगचरणबाटै बाहिरिएको छ ।
यस्तै पुरुष फुटबल लिग चरणको अन्तिम खेलमा नेपाल पुलिसले लुम्बिनी प्रदेशलाई ४–१ गोल अन्तरले हराएको छ । समूह ‘सी’ अन्तर्गत भएको खेलमा पुलिसले सानदार जीत निकालेको हो । समूह सी बाट आर्मी शीर्षस्थानमा रहँदै फाइनल प्रवेश गर्दा पुलिस र लुम्बिनी बाहिरिएको थियो । पुलिसको जितमा कुलदिपले २ तथा आशीष श्रेष्ठ र बुद्धबल तामाङले समान १ गोल गरे । लम्बिनीका लागि फागु राम थारुले १ गोल गरे । उता, समूह ‘ए’ अन्तर्गत रद्द भएके एनआरएन र गण्डकी प्रदेशबीचको खेलको निर्णय गण्डकीको पक्षमा गएको छ ।
Related News
सम्बन्धित समाचार
बहिरा संघको फुटबल सुरु
क्युपेकमा सेभन ए साइड फुटबल प्रतियोगिता
कुलपति रनिङ सिल्डः उपाधिका लागि भद्रकाली र कालिका भिड्दै
कुलपति रनिङ सिल्डः सेमिफाइनल समिकरण पूरा
कुलपति रनिङ सिल्डमा इन्द्र राज्यलक्ष्मी सेमीमा
hero news full width
मुख्य समाचार
राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिने
राष्ट्र बैंकका प्रथम गभर्नर राणाको निधन
माघ २२, २०७९प्रदेशका पाँच वर्ष : अपेक्षा धेरै, फिलतो कार्यान्वयन
माघ २२, २०७९२१ नाटक प्रदर्शनसहित सकियो नाटक महोत्सव
माघ २१, २०७९प्रदेश सांसदका चिन्ता: न संघले हेर्छ, न पालिकाले टेर्छ
माघ २१, २०७९मुग्लिन–पोखरा सडकखण्ड निर्माण सुस्त, पर्यटनमा मार
माघ २१, २०७९