पोखरा । एपीएफ क्लब नवौं राष्ट्रिय खेलकुदअन्तर्गत महिला क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । सोमबार पहिलो सेमिफाइलनमा लुम्बिनी प्रदेशलाई ६७ रनले पराजित गर्दै एपिएफ फाइनलमा प्रवेश गरेको हो ।
एपिएफले दिएको १ सय ३० रनको लक्ष्य पछ्याउने क्रममा लुम्बिनी प्रदेश १८.२ ओभरमा ६२ रनमा समेटियो । लुम्बिनीका कुनै पनि व्याट्स्म्यानहरुले दर्शनीय खेल प्रस्तुत गर्न सकेनन् । लुम्बिनीलाई सस्तैमा रोक्न एपिएफकी नेरी थापाले आफ्नों स्पेलमा ७ रन खर्चिएर ४ विकेट लिइन् भने इन्दु बर्माले १ विकेट आफ्नो नाममा लेखाइन् ।
पहिला ब्याटिङ गरेको एपीएफले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १ सय २९ रनको योगफल तयार पारेको थियो । एपीएफका लागि ओपनर ज्योति पाण्डे ६९ र रोमा थापा १२ रनमा नटआउट रहिन् ।
प्लेयर अफ द म्याच समेत रहेकी ज्योतिले ६१ बलमा ७ चौका प्रहार गरिन् । टिमका लागि ममता चौधरीले १६ तथा कप्तान सीता रानामगरले ११ जोडिन् । लुम्बिनीका कृतिका मरासिनीले २ तथा मनीषा रानाले १ विकेट लिए ।
Related News
सम्बन्धित समाचार
क्यान विवादबीच पोखरा बोर्ड बैठकका यस्ता छन् निर्णय
सन्दीपमाथिको निलम्बन फुकुवा
घरेलु मैदानमा नेपाललाई सफलता
वाईवाई छनोट क्रिकेटमा नवलपुर च्याम्पियन
स्याङ्जाद्वारा तनहुँ पराजित
hero news full width
मुख्य समाचार
राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिने
राष्ट्र बैंकका प्रथम गभर्नर राणाको निधन
माघ २२, २०७९प्रदेशका पाँच वर्ष : अपेक्षा धेरै, फिलतो कार्यान्वयन
माघ २२, २०७९२१ नाटक प्रदर्शनसहित सकियो नाटक महोत्सव
माघ २१, २०७९प्रदेश सांसदका चिन्ता: न संघले हेर्छ, न पालिकाले टेर्छ
माघ २१, २०७९मुग्लिन–पोखरा सडकखण्ड निर्माण सुस्त, पर्यटनमा मार
माघ २१, २०७९