पोखरा । नवौं राष्ट्रिय खेलकुदमा स्वर्णको ह्याट्रिक हिरो अमृत थापाले आफ्नो मेडल फुकालेर कसैलाई लगाइदिंदै थिए । नजिकबाट नचिनेकाले त्यो दृष्य देख्नासाथ ‘के गर्या होला’ भन्न थाले । तर, आफ्नो मेडल अरुको गलामा भिरिदिन उनलाई केही जस्तो लागेको थिएन । हाँसीहासी मेडल लगाइदिएर हात मिलाउन भ्याए । मेडल पहिरिने ती व्यक्तिले पनि स्यावासी दिंदै अंकमाल गर्न भ्याए ।
सोमबार स्क्वास कोर्टको यो दृष्यले सबैको ध्यान खिचेको थियो । स्क्वासमा प्रथम भएका अमृत लगातार ३ राष्ट्रिय खेलकुदमा स्वर्ण जित्न सफल भएका हुन् । खुसी साट्नेक्रममा उनी एक महिलासँग निकै खुसी थिए । थापाले भन्दै थिए, ‘तपाईले पनि जितेपछि दुबै जनाको स्वर्ण पदक देखाएर फोटो खिच्नुपर्छ ।’
स्क्वास कोर्टमा भेटिएका ती पुरुष अमृतका बुवा र महिला उनका दिदी भन्ने थाहा भएपछि सबै चकित परे ।
उनीहरु तीनै जना राष्ट्रिय खेलकुदमा स्क्वास खेल्न पोखरा आएका हुन् । अमृत र उनकी दिदी कृष्णा थापा खेल्न आएका हुन् । भने, बुवा हिराबहादुर थापा प्रशिक्षक । परिवार नै स्क्वासमा आवद्ध भएको थाहा पाएपछि त्यहाँ उपस्थित सबै चकित परे । अनि भन्न भ्याए, ‘आहा ! कति राम्रो । परिवार नै सबै स्क्वास खेलाडी ।’
अमृत र कृष्णालाई स्क्वासमा लाग्न प्रेरित गर्ने बाबु हिराबहादुर हुन् । उनी नेपाली खेलकुद जगतमा एक दुर्लभ उदाहरण हुन् । उनी आफ्नो खेल करियरमा लगातार १७ पटक राष्ट्रिय च्याम्पियन बने ।
च्याम्पियन बाबुको पदचाप पछ्याउँदै छोराछोरी नै लागेका हुन् । गोरखामा जन्मिएका अमृत हाल ललितपुर बस्छन् । उनको घर नजिकै स्क्वास कोर्ट छ । सानोमा बाबुको पछि लाग्दै कोर्ट धाउँदाधाउँदै उनी पनि अन्ततः खेलाडी बनेर निस्किए ।
परिवार नै स्क्वासमा आवद्ध भएको थाहा पाएपछि त्यहाँ उपस्थित सबै जना चकित परे
२०७३ सालमा बाबु हिराबहादुरले खेलजीवनबाट सन्न्यास लिएपछि छोराछोरीलाई प्रशिक्षक बनेर साथ दिंदै आएका हुन् । उनी अहिले राष्ट्रिय खेलकुद परिषद्मा स्क्वास प्रशिक्षक छन् । उनले स्क्वास खेलाडी र सिक्न चाहने सबैलाई छोराछोरीकै रुपमा सिकाउने गर्छन् । बाबुकै साथ र प्रशिक्षणले सफल भएको भन्दै आफूले जितेको मेडल बाबुलाई लगाइदिएको अमृतले स्पष्ट पारे ।
पाँचौं राष्ट्रिय खेलकुद प्रतियोगिताबाट नै सहभागिता जनाउन थालेको उनले जानकारी दिए । त्यो बेला बाबुछोरा नै कोर्टमा थिए । अनुभव कमीका कारण उनले त्यो बेला कुनै पदक ल्याएनन् । तर, बाबाले स्वर्ण ल्याए । छैटौंमा उनको सहभागिता रहेन । ‘हुन त म पाँचौं राष्ट्रियदेखि नै खेल्न थालेको हुँ तर त्यतिबेला सानो थिएँ । एक्स्पेरियन्स पनि थिएन । त्यस्तो ठूलो अचिभमेन्ट भएन,’ उनले भने, ‘छैटौंमा एसएलसीको तयारीका लागि होस्टेलमा भएर खेल्न पाइनँ । त्यसपछि कन्टिन्यू थ्री टाइम्स गोल्ड मेडलिस्ट बनें ।’
सातौं संस्करण हुँदा बाबुले सन्यास लिइसकेका थिए । बाबु नभए पनि कोर्टमा होमिएका अमृतले स्वर्ण हात पारे । त्यसबेला बाबाको खेलको निरन्तरता भएको उनले सम्झे । उमेर २६ वर्ष टेकेका अमृतको स्क्वासमा अझै उपाधि जित्ने धोको छ । अमृतले साउथ एसियन गेम्स, एसियन गेम्स खेलिसकेका छन् ।
भाइको प्रगति देखेरै उनकी दिदी पनि कोर्ट धाउन थालिन् । भाइको प्रगति र बाबको साथले खेलाडी बनेको कृष्णा बताउँछिन् । उनले पनि छैटौं राष्ट्रिय प्रतियोगिताबाट भाग लिन थालिन् । पहिलो पटक नै कास्य जितेकी उनले सातौंमा रजत र आठौंमा स्वर्ण जितेकी थिइन् ।
उनको सेमिफाइनल खेल मंगलबार छ । सेमिफाइनल जितेर यो पटक पनि स्वर्ण जित्ने उनको इच्छा छ । ‘प्रिपियर राम्रै गरेर आएको छु । यहाँ आएका सबैको टार्गेट गोल्ड नै हुन्छ,’ उनले भने, ‘मैले पनि यो पटक स्वर्ण जित्ने नै लक्ष्य लिएको छु । गेम हो हारजती त हुन्छ नै तर आफ्नो खेलको स्तर अझ राम्रो बनाम भन्ने हुन्छ ।’ स्वर्ण जितेमा दिदीभाइकै पदक झुन्ड्याउने सपना पूरा हुने उनले दृढ आशा व्यक्त गरिन् ।
अमृत र कृष्णाले जतिपनि राष्ट्रिय खेलकुद खेले सबै गण्डकी प्रदेशबाट खेलिरहेका छन् । आगामी दिनमा यसलाई निरन्तरता दिंदै महिला खेलाडी उत्पादनमा जोड दिने उनीहरुको योजना छ ।
Related News
सम्बन्धित समाचार
राष्ट्र बैंकका प्रथम गभर्नर राणाको निधन
प्रदेशका पाँच वर्ष : अपेक्षा धेरै, फिलतो कार्यान्वयन
प्रदेश सांसदका चिन्ता: न संघले हेर्छ, न पालिकाले टेर्छ
मुग्लिन–पोखरा सडकखण्ड निर्माण सुस्त, पर्यटनमा मार
गण्डकीमा प्रतिपक्षी दलको सहमतिपछि विनियोजन ऐन संशोधन विधेयक पेस
hero news full width
मुख्य समाचार
२१ नाटक प्रदर्शनसहित सकियो नाटक महोत्सव
पिएनसी जग्गा विवाद : कित्ता नम्बर ८३३ साठीघरे पराजुलीको ‘खरबारी ’
माघ २०, २०७९मौरीका घारले भरियो रत्नेचौरको तोरीबारी
माघ २०, २०७९चर्को ब्याजदरले छटपटी : घरमै पुगेर ऋणीलाई टर्चर !
माघ २०, २०७९बैंक तथा वित्तीय संस्थाको धरपकडविरुद्ध व्यवसायी
माघ २०, २०७९चर्को ब्याजविरुद्ध पोखरामा रिले अनसन
माघ १९, २०७९