पोखरा । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत फुुल कन्ट्याक्ट करातेमा गण्डकी प्रदेश, नेपाल आर्मी र सशस्त्र प्रहरीले समान ३/३ वटा स्वर्ण जितेका छन् ।
कराँतेमा पुुरुषका ७ र महिलाका ५ विधा गरी १२ विधामा भएको प्रतिष्पर्धामा गण्डकीले पुरुषफर्तको ३०—४०, ४५—५० तौल समूहमा स्वर्ण र महिलातर्फको ५०—५५ तौल समूहमा १ स्वर्ण जितेको हो ।
आर्मीले खुला तौल समूह पुरुष, महिला र पुरुषातर्फ ६०—६५ केजी तौल समूहमा स्वर्ण जितेको हो । एफिएफले महिलातर्फ ४५ केजीमुनि र ५० केजीमुनि तौल समूह र पुरुषतर्फको ४५ केजीमुनि तौल समूहमा स्वर्ण जितेको हो ।
पुरुषतर्फ खुला तौल समूहमा आर्मीका विजय सिंहले स्वर्ण जिते । उनले गण्डकीका रुपक नेपालीलाई फाइलनमा पराजित गरी स्वर्ण जितेका हुन् ।
पुरुषतफ ६०—६५ केजी तौल समूहमा आर्मीका सनी सिंहले गण्डकीका शिव भुजेललाई पराजित गरी स्वर्ण जिते ।
५५—६० केजी तौल समूहमा नेपाल प्रहरीका सुशान लामिछानेले स्वर्ण र नेपाल आर्मीका विकास गुरुङले रजत जिते ।
५०—५५ केजी तौल समूहमा मधेशका धरमिन्दर रामले स्वर्ण जित्दा आर्मीका चोकबहादुर बुढाथोकीले रजत पाए ।
४५—५० केजी तौल समूहमा गण्डकीका अनीष बुढामगरले वागमतीका विजय राईलाई पराजित गरी स्वर्ण जिते । वागमतीका राईले रजत पदकमा चित्त बुझाए । ४०—४५ केजी तौल समूहमा एफिएफका सुनिल तामाङले स्वर्ण जिते । आर्मीका राजकुमार यादवले रजत पदक पाए ।
३५—४० तौल समूहमा गण्डकीका अभिषेक डिमडुङले नेपाल आर्मीका सागर थिङलाई फाइनलमा पराजित गरी स्वर्ण जितेका छन् । थिङले रजत पाए ।
महिलातर्फ खुला तौल समूहमा आर्मीकी मञ्जु विकले स्वर्ण र वागमतीकी निशा बोहोराले रजत पाइन् ।
५०—५५ केजी तौल समूहमा गण्डकीकी धनी रानामगरले आर्मीकी पत्रिका चन्दलाई पराजित गरी स्वर्ण जिते । ४५—५० केजी तौल समूहमा सशस्त्र प्रहरीकी करिष्मा कार्कीले वागमती प्रदेशकी नवीना घमाललाई पराजित गरी स्वर्ण जित्दा घमालले रजत पदक जितिन् । ४० देखि ४५ केजी तौल समूहमा एपिएफकी रीना माझीले नेपाल प्रहरीकी अञ्जना ढुंगेललाई पराजित गरी स्वर्ण जितेकी छन् भने ढुंगेलले रजत पदक जितिन् । पोखराको प्रदर्शनी केन्द्रमा भएको खेलमा ११ टिमले भाग लिएका छन् ।
Related News
सम्बन्धित समाचार
आजदेखि बिटी कप
पोखरामा ९० हजार पुरस्कारको क्यारमबोर्ड प्रतियोगिता हुने
फेन्सिङमा गण्डकीलाई स्वर्ण
ह्विलचेयर बास्केटबलमा आयोजक विजयी
बहिरा संघको फुटबल सुरु
hero news full width
मुख्य समाचार
राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिने
राष्ट्र बैंकका प्रथम गभर्नर राणाको निधन
माघ २२, २०७९प्रदेशका पाँच वर्ष : अपेक्षा धेरै, फिलतो कार्यान्वयन
माघ २२, २०७९२१ नाटक प्रदर्शनसहित सकियो नाटक महोत्सव
माघ २१, २०७९प्रदेश सांसदका चिन्ता: न संघले हेर्छ, न पालिकाले टेर्छ
माघ २१, २०७९मुग्लिन–पोखरा सडकखण्ड निर्माण सुस्त, पर्यटनमा मार
माघ २१, २०७९