पोखरा । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पौडीमा नेपाल आर्मीकी दुवाना लामाले राष्ट्रिय कीर्तिमान कायम गरेकी छन् ।
आइतबार पोखराको फिस्टेल स्कुलको पौडीपोखरीमा भएको ५० मिटर ब्रेस्ट स्ट्रोकमा उनले राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जितेकी हुन् । लामाले निर्धारित दुरी ३५ः२३ सेकेन्डमा पूरा गरिन् । १६ वर्षीया दुवानाले आफ्नै नामको कीर्तिमान भंग गर्दै स्वर्ण जितेकी हुन् ।
छोरीको प्रतिभाबाट उनका बाबु मुखिया लामा पनि खुसी छन् । उनले पुरानाको घटना स्मरण गरे । साढे ५ वर्षमात्र टेकेकी दुवानालाई आफूले उसबेला स्वीमिङ पुल लगेर खेल क्षेत्रमा डो¥याएको याद गरे ।
उनका अनुसार बालुवाटारस्थित जोन डिई स्कुलबाट लाजिम्पाट नजिकै थियो । त्यहाँको शंकर होटलको स्वीमिङ पुल छिरेकी सानी छोरी दुवाना पौडीमा रमाइन् । एकपछि अर्को गर्दै कहिले शंकर, कहिले अन्नपूर्ण, कहिले गोदाबरीको स्वीमिङमा भेटिन थालिन् । दुवानाको पौडी कला देखेपछि शुभ श्रेष्ठले मुखियालाई सुझाव दिए, ‘छोरीलाई राम्रोसँग पौडी सिकाउनुपर्छ । भविष्यमा नाम राख्न सक्छिन् ।’ हुन पनि १३ औं साग होस् वा आठौं राष्ट्रिय खेलकुदसहित विभिन्न प्रतियोगितामा पदक हासिल गरेर सानै उमेरमा नाम चम्काएकी छन् ।
मनाङको निसाङ गाउँपालिका ८ घर भई हाल काठमाडौं निवासी मुखिया र मेरी लामाको एकमात्र सन्तान हुन्, दुवाना । उनको जन्म २०६३ असार ३० मा भएको हो ।
५० मिटर ब्रेस्ट स्ट्रोकमा उनले राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जितेकी हुन्
उनले १३ औं सागमा पनि टिम रिलेमा ३ कास्य र एकलतर्फ २ रजत पदक जितेकी थिइन् । एकलतर्फ उनले २०० मिटरको ब्रेस्टस्ट्रोक र बटरफ्लाईमा रजत जितेकी हुन् । ६ वर्षको हुँदा नै काठमाडौंमा एलए कपमा योङ्गेस्ट प्लेयर उपाधि जितेकी उनी निरन्तर पौडेरै दूरी घटाउनेतर्फ केन्द्रित बनिन् ।
फलस्वरुप आठौं राष्ट्रिय खेलकुदमा ६ स्वर्ण र ४ रजत जित्न सफल भइन् । त्यसबेला २०० मि. बटरफ्लाई क्याटागोरीमा नेसनल रेकर्डसमेत तोड्न सफल उनको नाममा विभिन्न प्रतियोगितामा ५० मि.ब्रेस्टस्ट्रोक, २०० मि. ब्रेस्टस्ट्रोक र २०० मि.को नेसनल रेकर्ड थियो । साथै सन् २०१९ मा बैंग्लोरमा भएको एसियन एजग्रुप लङ कोर्स च्याम्पियनसिपमा ५०, १०० र २०० मिटर ब्रेस्टस्ट्रोकमा राष्ट्रिय रेकर्ड कायम गरेकी थिइन् ।
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको पाँचौ पोखरा स्पोर्टस् अवार्ड–२०७६/७७ मा उनले उदीयमान खेलाडीको उपाधिसमेत जितेकी थिइन् ।
नवौं निकै आशा गरिएकी अर्की पौडीबाज गौरिका सिंह भने अस्वस्थताका कारण चल्न सकेकी छैनन् ।
उनको प्रस्तुतिले सबैलाई निराशा तुल्याएको छ । महिला १०० मिटर ब्याकस्ट्रोकमा स्वर्ण पदक जितेकी उनले स्वास्थ्यमा समस्या आएका कारण ४ वटा इभेन्ट छाडेकी थिइन् । शनिबार ३ वटा स्पर्धा परित्याग गरेकी गौरिकाले आइतबार भने हिटमा प्रतिस्पर्धा गरिसकेपछि फाइनल स्पर्धा त्यागेकी थिइन् । हिटमा उनी आफ्नै क्लबकी दुआना लामासँग पछि परेकी थिइन् ।
Related News
सम्बन्धित समाचार
राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिने
राष्ट्र बैंकका प्रथम गभर्नर राणाको निधन
प्रदेशका पाँच वर्ष : अपेक्षा धेरै, फिलतो कार्यान्वयन
प्रदेश सांसदका चिन्ता: न संघले हेर्छ, न पालिकाले टेर्छ
मुग्लिन–पोखरा सडकखण्ड निर्माण सुस्त, पर्यटनमा मार
hero news full width
मुख्य समाचार
२१ नाटक प्रदर्शनसहित सकियो नाटक महोत्सव
पिएनसी जग्गा विवाद : कित्ता नम्बर ८३३ साठीघरे पराजुलीको ‘खरबारी ’
माघ २०, २०७९गण्डकीमा प्रतिपक्षी दलको सहमतिपछि विनियोजन ऐन संशोधन विधेयक पेस
माघ २०, २०७९मौरीका घारले भरियो रत्नेचौरको तोरीबारी
माघ २०, २०७९चर्को ब्याजदरले छटपटी : घरमै पुगेर ऋणीलाई टर्चर !
माघ २०, २०७९बैंक तथा वित्तीय संस्थाको धरपकडविरुद्ध व्यवसायी
माघ २०, २०७९