राष्ट्रिय खेलकूद अन्तर्गत प्याराग्लाइडिङ खेलाडीको निधन

आदर्श समाज सम्वाददाता
असाेज ३०, २०७९
Para

पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत प्याराग्लाइडिङमा भाग लिएका सेनाका खेलाडीको आइतबार आकाशबाट खसेर मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार प्याराग्लाइडिङ गर्दागर्दै करिब सय मिटरमाथिबाट सराङकोटमा खस्दा नेपाली सेनाका खेलाडी २६ वर्षीय निसिम थापाको मृत्यु भएको हो ।

पोखरा बस्दै आएका खेलाडी थापा प्याराग्लाइडिङबाट खसेपछि उपचारका लागि मेट्रोसिटी अस्पताल लगिएकोमा अस्पतालका चिकित्सकले उनलाई मृत घोषणा गरेको कास्की प्रहरी प्रवक्ता सुन्दर तिवारीले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width