बुद्धिचालमा खुलातर्फ आशिषको एकल अग्रता

आदर्श समाज सम्वाददाता
असाेज ३०, २०७९
Buddhichal

गोरखा । गोरखामा जारी बुद्धिचाल प्रतियोगितामा खुलातर्फको क्लासिकल इभेन्टमा आशिष फुयाँलले एकल अग्रता कायम गरेका छन् ।

प्रतियोगिता अन्र्तगत क्लासिकल इभेन्टको पाँचौ चरणको खेल सम्पन्न हुँदा गैह्र आवासीय नेपाली संघ (एनआरएनए) का खेलाडी फुयाँलले अग्रता कायम गरेका हुन ।

क्लासिकलतर्फको अहिलेसम्मको ५ खेलमध्ये फुयाँलले ४ खेलमा जीत हात पारेका छन् भने एक खेलमा मात्र पराजय भएको निर्णायक दिपेश गिरीले जानकारी दिए ।

प्रतियोगिता अन्र्तगत पाँचौ चरणको क्लासिकल इभेन्टमा फुँयालले नेपाल पुलिस क्लबका क्षतिज भण्डारीसंग ‘ड्र’ खेल्दै अग्रता कायम गर्न सफल भएका हुन् ।

फुँयालले क्लासिक इभेन्टको पहिलो चरणमा लुम्बिनी प्रदेशका निशान्त श्रेष्ठ, दोस्रो चरणमा नेपाल पुलिस क्लबका सुवीर लामा, तेस्रो चरणमा त्रिभुवन आर्मी क्बलका मिलन लामा र चौथो चरणमा त्रिभुवन आर्मी क्लबकै रुपेश जैसवाललाई पराजित गरेका हुन् ।

प्रतियोगितामा नेपाल पुलिस क्लबका क्षितिज भण्डारी र त्रिभुवन आर्मी क्बलका रुपेश जैसवालले ४÷४ खेल जितेर फुँयाललाई पच्छ्याई रहेका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width