कास्कीमा खुल्यो निर्वाचन अधिकृतको कार्यालय

आदर्श समाज सम्वाददाता
असाेज २०, २०७९
nirbachan office

पोखरा । मंसिर ४ मा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि कास्कीमा मुख्य तथा निर्वाचन अधिकृतको कार्यालय खोलिएको छ । ३ निर्वाचन क्षेत्र रहेको कास्कीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय एवं क्षेत्र नम्बर ३ को कार्यालय जिल्ला समन्वय समितिको कार्यालय परिसरमा खोलिएको छ ।

प्रदेश निर्वाचन अधिकारी हुमनाथ पराजुलीका अनुसार पशु सेवा निर्देशनालय परिसर हस्पिटल चोकमा क्षेत्र नम्बर १ को कार्यालय खोलिएको छ । यसैगरी पोखरा सभागृहमा क्षेत्र नम्बर २ को कार्यालय खोलिएको निर्वाचन अधिकारी पराजुलीले बताए ।

मुख्य निर्वाचन अधिकृत प्रकाश खरेल, प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसी, सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल, अनिलकुमार शाही, निर्वाचन अधिकृतहरु, जिल्लास्थित सुरक्षा निकायका प्रमुख लगायतको सहभागिता थियो ।

निर्वाचन कार्यतालिका अनुसार असोज २३ गते प्रतिनिधि तथा प्रदेश सभा सदस्यका लागि मनोनयन दर्ताको मिति तय भएको छ । त्यसैको तयारी स्वरुप आज निर्वाचन अधिकृतको कार्यलय खुलेको हो ।

Related News

सम्बन्धित समाचार

hero news full width