स्वदेश फर्किएलगत्तै सन्दीप लामिछाने प्रहरी नियन्त्रणमा 

आदर्श समाज सम्वाददाता
असाेज २०, २०७९
sandip

काठमाडौं । नाबालिक बलात्कार आरोप लागेका  सन्दीप लामिछानेलाई प्रहरीले पक्राउ गरेको छ । कतार एयरवेजको विमानबाट अहिले  बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा झरे लगत्तै उनलाई पक्राउ गरिएको हो ।

क्रिकेटको राष्ट्रिय टोलीका निलम्बित कप्तान लामिछानेले आफू आज स्वदेश फर्किन लागेको जानकारी उनले सामाजिक सन्जालमार्फत् सार्वजनिक गरेका थिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहान १० बजे नै ओर्लिने भने पनि खराब मौसमका कारण विमान अवतरण गर्न नसक्दा केहीबेर ढिलाइ भएको थियो ।

उनी विदेशमै रहेको बेला गत भदौ २१ गते एक बालिकाले बलात्कारको जाहेरी दिएकी थिइन् । आफूविरुद्ध उजुरी पर्दा उनी क्यारेबियन लिग खेल्न  गएका थिए । उनी विरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width