स्थानीय तहमा उठेकालाई मंसिर ४ को चुनावमा उठ्न कांग्रेसले लगायो रोक

आदर्श समाज सम्वाददाता
असाेज १८, २०७९
nepali congress

पोखरा । कांग्रेसले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रत्यक्षतर्फ पार्टीका उम्मेदवार हुन लागि दुईवटा मापदण्ड तय गरेको छ । केन्द्रीय कार्यसम्पादन समितिको सोमबारको बैठकले उम्मेदवार हुनका लागि मापदण्ड तय गरेको हो ।

बैठकले तय गरेको मापदण्डमा वर्तमान लोकप्रियता र आगामी दिनको सम्भावना समेत हेर्ने र स्थानीय तहको गत चुनावमा उठेकालाई अहिले उम्मेदवार नबनाउने लगायत छ ।

हेर्नुहोस् मापदण्ड

क‍ उम्मेदवार चयन गर्दा पार्टीको विभिन्न तहबाट विधान बमोजिम उम्मेदवारको लागि भएको सिफारिश, व्यक्तिगत योग्यता, नैतिकता, कार्य क्षमता, लोकतान्त्रिक आन्दोलनमा पुर्‍याएको योगदान, सामाजिक भुमिका, पार्टीको विभिन्न तह र क्षेत्रमा गरेको योगदान, लोकप्रियता एवं आगामी दिनको संभावना समेतलाई आधार बनाइनेछ ।

हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा कुनै पनि पदमा उम्मेदवार भएको व्यक्तिलाई प्रतिनिधि सभा र प्रदेश सभाको पहिलो हुने निर्वाचित हुने प्रणाली तर्फको उम्मेदवार नबनाउने ।

स्थानीय निर्वाचन क्रममा अनुशासन उल्लंघन गरेका र कारवाहीको प्रकृयामा रहेका, कुनै पनि कारणवस निष्क्रिय बसेका पार्टीका जो कोही सदस्यलाई मंसिर ४ को निर्वाचनमा पार्टीमा पूर्ववत सकृय भएर पार्टीको विजय अभियानमा सहभागी हुन यो बैठक अपील गरेको छ ।

आगामी निर्वाचनमा पार्टीका एवं गठबन्धनका उम्मेदवारलाई विजय गराउन व्यक्तिले निभाउने भूमिकाको आधारमा त्यस्ता सदस्यहरु उपरको कारबाहीको प्रकृयालाई तदनुकुल गर्ने गरि टुंगो गर्ने निर्णय गरेको पार्टी सचिव कृष्णप्रसाद पौड्यालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

Related News

सम्बन्धित समाचार

  • स्याङ्जा २ को मतगणना अनिश्चित

    आदर्श समाज सम्वाददाता मंसिर १३, २०७९
    पोखरा । गण्डकीमा सबै क्षेत्रको नतिजा आइसक्दा स्याङ्जा क्षेत्र २ को मतगणना अझै अनिश्चित छ । मंगलबारसम्म प्रतिवेदन बुझाउने भनिएकोमा…
  • कास्की ३ मा एमालेका बैरागी निर्वाचित

    आदर्श समाज सम्वाददाता मंसिर ९, २०७९
    पोखरा । कास्की क्षेत्र ३ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका दामोदर पौडेल वैरागी निर्वाचित भएका छन् । पाँचदलीय गठबन्धनका साझा…
  • नवलपरासी २ : तीन दशकपछि कांग्रेस

    रासस मंसिर ९, २०७९
    नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को निर्वाचन क्षेत्र नं २ मा नेपाली कांग्रेसले नेकपा (एमाले) को तीन दशक लामो विरासत भत्काएको…
  • प्रधानमन्त्री नारामा गगनको जीत

    रासस मंसिर ७, २०७९
    काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेता बनेर प्रधानमन्त्री बन्ने नाराका साथ काठमाडौं क्षेत्र ४ मा मत मागेका गगनकुमार थापा…
  • एमालेकी विद्याको सहज अग्रता

    आदर्श समाज सम्वाददाता मंसिर ७, २०७९
    पोखरा । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन २०७९ अन्तर्गत जारी मतगणनामा कास्की २ प्रतिनिधिसभातर्फ नेकपा एमालेले फराकिलो अन्तर पारेको छ ।…

hero news full width