सन्दीप लामिछानेले गर्ने भए आत्मसमर्पण

आदर्श समाज सम्वाददाता
असाेज १५, २०७९
sandip

पोखरा, १५ असोज । किशोरी बलात्कार आरोपसँगै फरार क्रिकेटर सन्दीप लामिछानेले दसैंको भोलिपल्ट आत्मसपर्पण गर्ने बताएका छन् ।

एक किशोरीले बलात्कारको जाहेरी दर्ता गराएपछि विदेशमै लुकेका लामिछानेले शनिबार बिहान सामाजिक संजाल फेसबुकमार्फत वक्तव्य जारी गर्दै असोज २० गते नेपाल फर्किएर आत्मसपर्पण गर्ने बताएका हुन् ।
उनले भनेका छन्, ‘ठूलो आशा र शक्तिका साथ म यही अक्टोबर ६ मा नेपाल आउँदैछु र झुटो आरोपविरुद्ध कानुनी लडाइँ लड्नका लागि नेपाल सरकारसमक्ष आत्मसमर्पण गर्नेछु ।’

क्रिकेट खेल्ने क्रममा विदेशमै लुकीछिपी बसेका उनले आफू निर्दोष रहेको दाबी गर्दै चाडै न्याय पाउने आशा व्यक्त गरेका छन् । उजुरी दर्ता भएयता लामिछाने प्रहरीको फरार सूचीमा छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width