प्रदेश खेलकुद परिषदद्वारा सल्लाहकारलाई मनोनयनपत्र हस्तान्तरण

आदर्श समाज सम्वाददाता
असाेज १५, २०७९
viber_image_2022-09-30_17-19-33-937

पोखरा, १५ असोज । प्रदेश खेलकुद परिषद् गण्डकीले नवनियुक्त सल्लाहकारलाई शुक्रबार मनोनयनपत्र हस्तान्तरण गरेको छ ।
गत भदौ ८ मा परिषद् अध्यक्ष एवं गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्री राजीव गुरुङको अध्यक्षता सम्पन्न बोर्ड बैठकले ९ जनालाई सल्लाहकार मनोनयन गरेको परिषदका सदस्यसचिव तेजबहादुर गुरुङले जानकारी दिए ।

उनका अनुसार प्रदेश खेलकुद विकास नियमावली २०७८ को नियम ३ (ज) बमोजिम मनोनीत हुनेमा खड्गबहादुर रानाभाट (स्याङ्जा), गणेशबहादुर भट्टराई (कास्की), दिनेश श्रेष्ठ (कास्की), देवेन्द्रबहादुर शेरचन (कास्की), इन्द्रबहादुर गुरुङ (गोरखा), सम्पन्न श्रेष्ठ (बागलुङ), महेश गुरुङ (कास्की), सुनिल गुरुङ (कास्की) र ओम बस्नेत (कास्की) छन् ।

कार्यक्रममा परिषद् उपाध्यक्ष धोजकुमार गुरुङले मनोनयन पत्र हस्तान्तरण गर्दै यो मनोनयनले प्रदेशको खेलकुद विकासमा थप सहयोग पुग्ने बताए ।

परिषदका सदस्यसचिव तेजबहादुर गुरुङले नवनियुक्ति सल्लाहकारलाई बधाईसहित प्रदेशको खेलकुद विकासका लागि सकारात्मक सुझावको अपेक्षा रहेको बताए । सो अवसरमा उनले नवौं राष्ट्रिय खेलकुदको तयारी र बन्द प्रशिक्षण, खेलस्थलहरुको अवस्था लगायत विषयमा जानकारी गराएका थिए ।

नवनियुक्त सल्ल्लाहकार खड्गबहादुर रानाभाटले आफूहरुले खेल जीवनमा सिकेको ज्ञान प्रदेशको खेलकुद विकाससँगै खेलाडी र खेलकुदको हितमा अघि बढाउने बताए । पोखरामा ३९ वर्षपछि हुन लागेको नवौं राष्ट्रिय खेलकुदलाई भव्य बनाउन सबै जनाले सहयोग गर्नुपर्ने बताए । सल्लाहकार दिनेश श्रेष्ठले उत्कृष्ट नेतृत्वका कारणले गठन भएको छोटो अवधिमा नै प्रदेश खेलकुदले गति लिएको बताउँदै प्रदेश खेलकुद विकासका लागि आफूहरुलाई प्राप्त भूमिका अझै प्रभावकारी रुपमा निर्वाह गर्ने बताए ।

अर्का सल्लाहकार सुनिल गुरुङले आफूले जहिले पनि खेलकुदमा राम्रो कामको प्रशंसा र गलत कामको विरोध गर्र्दै आएको बताए । सल्लाहाकार ओम बस्नेतले नवौं राष्ट्रिय खेलकुद सफल बनाउन सबैको सहयोगको आवश्यक्ता रहेको बताए ।

२०७७ कात्तिक २४ मा प्रदेश खेलकुद विकास ऐन, २०७७ पारित भएसँगै प्रदेशमा खेलकुद परिषद् विकासको संरचना निर्माण गर्ने बाटो खुला भएको थियो । साथै सोही वर्षको चैत १ मा मन्त्रिपरिषद् बैठकले सदस्य सचिवमा तेजबहादुर गुरुङलाई नियुक्ति गरेको थियो । उनको नियुक्तसँगै गण्डकीमा खेलकुद गतिविधिले तीव्रता पाएको हो ।

Related News

सम्बन्धित समाचार

hero news full width