उदाहरणीय वडा अभियानमा अध्यक्ष कार्की

आदर्श समाज सम्वाददाता
असाेज १५, २०७९
Ward 14 subhakamana

पोखरा । आफ्नो वडालाई उदाहरणीय वडारुपमा विकास गर्ने अभियानमा समाहित हुन पोखरा १४ का वडाध्यक्ष बोधबहादुर कार्कीले वडावासीसँग आह्वान गरेका छन् ।

वडादसैं, तिहार र छठ जस्ता ठूला पर्व नजिकिंदै गरेको अवसरमा बिहीबार वडामा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममामा कार्कीले उक्त आह्वान गरेका हुन् । वडालाई पोखराका सबै वडामध्ये समृद्ध, सुखी र उदाहरणीय बनाउने अभियानलाई सफल पार्न उनले टोल विकास संस्था, आमा समूह, क्लबहरु र सम्पूर्ण वडावासीको साथ र सहयोगको अपेक्षा गरिएको बताए । ‘वडाको विकासका लागि राजनीतिभन्दा माथि उठेर सबै मिलेर हामी अगाडि बढ्दै छौं,’ आदर्श समाजसँग उनले भने ।

वडालाई सम्पन्न बनाउन संघ र प्रदेश सरकारले पनि सघाउने विश्वास उनले व्यक्त गरे । वडा १४ मै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बनिसकेका कारणले पनि उक्त वडा विभिन्न अन्तर्राष्ट्रिय व्यक्तित्व र समुदायसँग जोडिने बताउँदै उनले विकासका लागि सोहीअनुसार सहकार्य गरेर अघि बढ्नुपर्ने बताए ।

उनले वडाभित्रका प्रत्येक सहकारीलाई उत्पादनसँग जोड्न लागिएको बताउँदै एक सहकारी एक उत्पादनको नीति लिएर अघि बढ्ने योजनामा आफूहरु रहेको बताए । वडामा दर्ता भएका र नभएका अन्य कृषकलाई वडा, महानगर वा प्रदेश सरकारका तर्फ के–कसरी सहयोग गर्न सकिन्छ भन्नेबारे पनि आफूले सोचिरहेको बताए ।

वडा १४ मै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बनिसकेका कारणले पनि उक्त वडा विभिन्न अन्तर्राष्ट्रिय व्यक्तित्व र समुदायसँग जोडिने

विभिन्न ६ सामुदायिक विद्यालय, वडा कार्यालय र भूमिहीन सुकुम्वासीका गरिब वस्तीमा इन्टरनेट/वाइफाइ जडान सम्पन्न भइसकेको जानकारी पनि वडाध्यक्ष कार्कीले दिए । महिलाको हकमा खासगरी विपन्न वर्गका सुत्केरी महिलालाई सुत्केरी पोषण भत्ता प्रदान गर्न थालिएको पनि उनले स्मरण गराए । यसबाट गरिब परिवारका महिलालाई राहत पुगेको उनले बताए । सबै टोलवासी र आमा समूहलाई विभिन्न तालिम प्रदान गरी रोजगारीसँग जोड्ने योजना रहेको र युवालाई समेत सिटिइभिटी लगायत विभिन्न सरकारी निकायसँग सहकार्य गर्दै रोजगारीको निश्चित हुने गरी तालिम प्रदान गर्ने योजना उनले सुनाए ।

चाडपर्व र अन्य अवसरमा समेत टोल, चोक, चौतारा, विद्यालय र मन्दिर लगायत सम्पूर्ण वडालाई सफासुग्घर राख्न उनले आव्हान गरे । ‘यसप्रति वडावासी सचेत हुनुहुन्छ भन्नेमा म विश्वस्त छु,’ वडा अध्यक्ष कार्कीले भने । चाडपर्वलाई भड्किलोरहित ढंगले उल्लासपूर्ण रुपमा मनाउन पनि उनले वडावासीसँग आह्वान गर्दै शुभकामना प्रकट गरे ।

प्रमुख अतिथि गण्डकी प्रदेशसभा सदस्य दीपक कोइरालाले चाडवाड देशलाई समृद्धिको मार्गमा अघि बढाउन सहयोगी हुने विश्वास व्यक्त गरे ।

पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारतीले महानगर अहिले फोहोर व्यवस्थापनका लागि नयाँ ल्यान्डफिल साइटको खोजीमा व्यस्त रहेको जानकारी दिंदै नगरवासीलाई नजिकिंदै गरेका चाडहरुको शुभकामना दिए ।

सो अवसरमा पोखरा उद्योग वाणिज्य संघका नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्की र शुभसौगात बचत तथा ऋण सहकारीका अध्यक्ष ललितबहादुर बानियाँलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा पूर्व नगर प्रमुख भीमसेन थापाले पनि भनाइ राखेका थिए । कार्यक्रम संचालन वडासचिव रामचन्द्र पौडेलले गरेका थिए । कार्यक्रममा शुभकामना महिला सीप समिति र शुभकामना टोल विकास आमा समूह लगायतको पनि सहभागिता थियो ।

Related News

सम्बन्धित समाचार

  • कथा सुन्न भक्तजनको आकर्षण

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । पाेखरा नयाँबजारमा जारी श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञमा भक्तजनको आकर्षण बढ्दो छ । हरिहर सन्यास आश्रम देवघाटधामका पीठाधीश अनन्तश्री विभूषित स्वामी…
  • पाेखरा नयाँबजारमा श्रीमद्भागवत् ज्ञानमहायज्ञ जारी

    आदर्श समाज सम्वाददाता वैशाख ६, २०८१
    पोखरा । पोखराको नयाँबजारमा नयाँ वर्षदेखि सुरु भएको श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ–२०८१ जारी छ । महायज्ञमा विविध कार्यक्रमले नयाँबजारस्थित प्रदर्शनी केन्द्र…
  • प्रकट पगेनी ‘शिव’ को निधन

    आदर्श समाज सम्वाददाता वैशाख ४, २०८१
    पोखरा। गजलकार एवं गीतकार प्रकट पगेनी ‘शिव’ को निधन भएको छ । जण्डिस र निमोनियाबाट गम्भीर बिरामी उनको मणिपाल शिक्षण अस्पतालमा…
  • नयाँ वर्षमा एगाको सहयोग

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । इम्ब्रोइडरी एन्ड गार्मेन्ट एसोसिएसन (एगा) पोखराले नयाँ वर्ष २०८१ का अवसरमा शुभकामना आदानप्रदान एवम् शैक्षिक सामग्री सहयोग गरेको…
  • दरौंखोला समाजको भित्तेपात्रो

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा दरौंखोला सामीप्य समाजको भित्तेपात्रो विमोचन एवं नयाँ वर्षको शुभकामना आदानप्रदान शनिबार पोखरामा गरिएको छ । स्याङ्जाको दरौंखोला आसपासबाट पोखरामा…

hero news full width