स्वाभिमान सहकारीको सभा

आदर्श समाज सम्वाददाता
असाेज १५, २०७९
swaviman sahakari

पोखरा । स्वाभिमान बचत तथा ऋण सहकारी संस्था लि., पोखराको बिहीबार पाँचौं वार्षिक साधारणसभा भएको छ ।

कार्यक्रम उद्घाटन गर्दै पोखरा १७ की वडाध्यक्ष राधिका शाही योगीले सहकारीको सिद्धान्त कार्यान्वयन गर्दै अघि बढे उच्च स्थानमा रहन सकिने बताइन् । सेयर सदस्यले मुनाफाभन्दा बचत र समय कति दिने भन्नेबारे ध्यान दिनुपर्ने उनले सुझाव दिइन् ।

जिल्ला बचत संघ अध्यक्ष भेषराज बरालले सहकारीलाई खाजा, भत्तारुपमा नहेर्न सेयर सदस्यलाई आग्रह गर्दै सहकारीबारे बुझ्नुपर्नेमा जोड दिए । कार्यक्रममा सहकारी सल्लाहकार एवं क्षत्री समाज नेपाल महिला केन्द्रीय अध्यक्ष उर्मिला क्षत्री, सम्मानिततर्फबाट बन्दना कार्की, सल्लाहकारतर्फबाट भारतीय भूपू सैनिक गोर्खा बिग्रेडका अध्यक्ष क.कृष्णबहादुर खत्रीले बोलेका थिए ।

यस्तै, राष्ट्रपतिबाट जनसेवा विभूषण–२०७९ प्राप्त गरेकी सहकारी उपाध्यक्ष एवं नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष विमला भण्डारी, ज्येष्ठ सेयर सदस्य अर्जुनबहादुर केसीलाई प्रमाणपत्र र दोसल्लासहित सम्मान गरियो । साथै, उत्कृष्ट कारोबार, बचतकर्ता र सेयर सदस्यका विभिन्न तहमा उत्तीर्ण छोराछोरीलाई पनि सम्मान गरिएको थियो ।

संस्थाको वार्षिक प्रतिवेदन सहकारी अध्यक्ष कमलबहादुर रेग्मीले गरेका थिए । सभामा अर्चना बस्नेतले सहकारीको ७ सिद्धान्त वाचन गरेकी थिइन् । सहकारी अध्यक्ष रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष विमला भण्डकारीले स्वागत र सचिव साराबहादुर पोखरेलले संचालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width