सिर्जना विकास केन्द्रमा पदस्थापना

आदर्श समाज सम्वाददाता
असाेज १५, २०७९
srijana

पोखरा । सृजना विकास केन्द्र, सिमलचौरका नवनिर्वाचित पदाधिकारीले बिहीबार सपथग्रहण गरेका छन् । केन्द्रको ४५ औं साधारण सभा तथा २२ औं अधिवेशनबाट निर्वाचित कार्यसमितिलाई निर्वाचन समितिका संयोजक एवं संस्थाका सल्लाहकार वीरबहादुर अधिकारीले सपथ ग्रहण गराएका हुन् ।

सामाजिक सेवा र बालविकासको क्षेत्रमा काम गर्दै आएको संस्थामा कृष्णबहादुर थापा अध्यक्ष निर्वाचित भएका छन् । समारोहमा बोल्दै उनले संस्थालाई आफ्नो कार्यकालमा थप सुदृढ र सक्रिय बनाएर अगाडि बढाउने प्रतिबद्धता जनाए । नेतृत्व चयनका क्रममा चुनाव हुनुलाई सामान्य रुपमा लिनुपर्ने भन्दै उनले सबै अग्रज तथा साथीहरुको साथ र सहयोग लिएर आफू अघि बढ्ने भनाइ राखे ।

संस्थाका पूर्व अध्यक्ष समेत रहेका पोखरा ८ का वडाध्यक्ष रुद्रनाथ बरालले निर्वाचित सबै पदाधिकारीलाई बधाई ज्ञापन गर्दै संस्थाको उत्तरोउत्तर प्रगतिको कामना गरे । निर्वाचन समितिका संयोजक अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा अध्यक्षका प्रत्यासी एवं निवर्तमान महासचिव चन्द्र गिरी, सल्लाहकार समितिका सभापति सोमनाथ बराल, संस्थाका सल्लाहकार गणेशबहादुर अधिकारी, सल्लाहकार एवं जनप्रिय बहुमुखी क्याम्पस व्यवस्थापन समिति अध्यक्ष तारा गिरि, समाजसेवी परशुराम बराल, निवर्तमान अध्यक्ष इन्द्रप्रसाद पौडेल र पत्रकार रामकृष्ण ज्ञवालीले भनाइ राखेका थिए ।

कार्यक्रममा निवर्तमान अध्यक्ष पौडेलले आफ्नो कार्यमितिका पदाधिकारीलाई मायाको चिनो वितरण गरे । जाल्पा सामुदायिक लघुवित्त वितीय संस्थातर्फबाट नवनिर्वाचित पदाधिकारीलाई बधाई तथा सम्मान व्यक्त गरियो । कार्यक्रम संचालन निर्वाचन समिति सदस्य अधिवक्ता एकनारायण अर्यालले गरेका थिए ।

अध्यक्षका प्रत्यासी चन्द्र गिरिलाई पराजित गर्दै कृष्णबहादुर थापा २ वर्षे कार्यकालका लागि निर्वाचित भएका हुन् । विभिन्न संघसंस्थामा समेत नेतृत्वको अनुभव हासिल गरेका थापा पत्रकार हुन् ।

निवर्तमान अध्यक्षमा इन्द्रप्रसाद पौडेल, प्रथम उपाध्यक्ष कृष्णमान ठुसाजु, द्वितीय उपाध्यक्ष विक्रमनारायण बिजुक्छे, महासचिव विश्व श्रेष्ठ, सचिव भीम पौडेल, कोषाध्यक्ष कृष्णप्रसाद बराल छन् । यस्तै, सदस्यमा सावित्री बराल, विक्रम खिचाजु, मुक्ति सुवेदी र दानबहादुर गुरुङ छन् ।

Related News

सम्बन्धित समाचार

  • चोटिलो बन्दै गण्डकीको संसदीय राजनीति

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सर्वोच्चको आदेश उल्लंघन गरी संसद् अधिवेशन आह्वान गरेको भन्दै कांग्रेस र राप्रपाले संसद्…
  • प्रदेश सरकार उलटपुलट

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । पछिल्लो राजनीतिक घटनाक्रमले प्रदेश सरकारहरु अस्थिर बनेका छन् । केन्द्रमा सत्तागठबन्धनको समीकरण फेरिँदा त्यसको असरले विगतमा राम्ररी सञ्चालन…
  • पुरानो पोखरा जोगाउन पहल: मेयर आचार्य

    आदर्श समाज सम्वाददाता वैशाख ६, २०८१
    पोखरा । सम्पदा संरक्षण सम्मान–२०८० बाट पोखराका सुनिल उलक सम्मानित भएका छन् । नागरिक समाज कास्कीको आयोजनामा बिहीबार आयोजित समारोहमा…
  • पाेखरा नयाँबजारमा श्रीमद्भागवत् ज्ञानमहायज्ञ जारी

    आदर्श समाज सम्वाददाता वैशाख ६, २०८१
    पोखरा । पोखराको नयाँबजारमा नयाँ वर्षदेखि सुरु भएको श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ–२०८१ जारी छ । महायज्ञमा विविध कार्यक्रमले नयाँबजारस्थित प्रदर्शनी केन्द्र…
  • सुदुरपश्चिममा सोडारी मुख्यमन्त्री नियुक्त

    आदर्श समाज सम्वाददाता वैशाख ६, २०८१
    पोखरा । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी) का दीर्घ सोडारी नियुक्त भएका छन् । उनले एमाले, माओवादी, नेकपा एकीकृत…

hero news full width