जनहित महिला समूहको शुभकामना

आदर्श समाज सम्वाददाता
असाेज १५, २०७९
Janahit

पोखरा । पोखरा ४, कालीमाटीचोकस्थित जनहित महिला समूहको आयोजनामा दसैंतिहार अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम भएको छ ।

कार्यक्रममा गण्डकी प्रदेशका कानुन, संचार तथा प्रदेशसभा मामिला मन्त्री बिन्दुकुमार थापाले सबैमा चाडपर्वको अवसरमा शुभकामना दिंदै अझ प्रगतिको कामना गरे ।

संस्थाले आफनै कार्यालय एवं सामुदायिक प्रयोजनसहितको बहुउद्देश्यीय भवन निर्माण गरेको छ । सोको लागि समाजसेवी शशिधर पराजुलीले जग्गादान गरेका थिए ।

भवन निर्माणको लागि भौतिक पूर्वाधार विकास मन्त्रालय, सामाजिक विकास लगायत विभिन्न स्थानीय समाजसेवीबाट चन्दादान उपलब्ध भएको थियो ।

कार्यक्रममा पोखरा ४ का वडाध्यक्ष देवकृष्ण पराजुली, निवर्तमान अध्यक्ष शंकर बास्तोला, समाजसेवी धर्मराज पराजुली, कालीमाटी टोल सुधार समिति अध्यक्ष ऋषिकेश पराजुली, समूहका संस्थापक अध्यक्ष प्रमिला सुवेदी, सिर्जनशील महिला समूह अध्यक्ष कल्पना गौतम, परोपकार सर्वेश्वर नारी समूह अध्यक्ष मिनु कोइरालालगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width