पत्रकार महासंघ कास्कीमा इ–लाइब्रेरी सुरु

आदर्श समाज सम्वाददाता
असाेज १४, २०७९
E-laebrary News related photo

पोखरा, १४ असोज । नेपाल पत्रकार महासंघ कास्कीमा इ–लाइब्रेरी तथा स्रोत केन्द्र सुरु भएको छ । गण्डकी प्रदेश कानुन, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्रालयको सहयोगमा शुक्रबारदेखि लाइबे्ररीको शुभारम्भ भएको हो ।

इ–लाइब्रेरीको गण्डकी प्रदेशका कानुन, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री बिन्दुकुमार थापाले शुभारम्भ गरे । उनले इ–लाइब्रेरीबाट पत्रकारलाई अध्ययन गरेर समाचार लेख्न सहज हुने बताए । ‘पत्रकारलाई अध्ययन गरेर लेख्ने बानीको विकास र रिखारपन ल्याउनेछ,’ उनले भने, ‘डिजिटल प्रविधिको विकास गराउनको लागि लाइब्रेरी लगायत अन्य काममा प्रदेश सरकार सधै साथमा रहनेछ ।’ उनका अनुसार इ–लाइबे्ररीको लागि २५ लाख रुपैयाँ मन्त्रालयबाट विनियोजन भएको छ ।

स्ततन्त्र पत्रकार संघ नेपालका राष्ट्रिय अध्यक्ष एवं महासंघ कास्कीका पूर्व अध्यक्ष कृष्णप्रसाद बास्तोलाले पुराना तथ्यांक पाइने हुँदा समाचारको मुख्य स्रोत पुस्तकालय रहेको बताए ।

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य त्रिभुवन पौडेलले पत्रकारलाई लाइब्रेरीको महत्व अति नै हुने गरेको बताए । उनले भने, ‘पत्रकारले पुस्तक पढ्नै पर्छ । पुस्तक पढ्ने बानीको विकास ग¥यौं भने लेख्न सहज हुन्छ ।’

नेपाल पत्रकार महासंघ कास्कीका सल्लाहकार दीपेन्द्र श्रेष्ठले लामो समयदेखिको सपना बल्ल पूरा भएको प्रतिक्रिया दिए । महासंघ कास्कीका पूर्व अध्यक्ष रवीन्द्र बास्तोलाले बजारमा बिकेका र रुचाइएका पुस्तकहरु समावेश गर्नुपर्ने सुझाव दिए । महासंघका सल्लाहकार केशवशरण लामिछानेले पत्रकारलाई चाहिने पुस्तक सबै समावेश गर्न नसकिएको बताए ।

इ–लाइब्रेरीमा ७ सय थरीका पुस्तकहरु रहेको नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारीले जानकारी दिइन् ।

Related News

सम्बन्धित समाचार

hero news full width