सुविधा सहकारीको सभा

आदर्श समाज सम्वाददाता
असाेज १४, २०७९
Subidha sahakaris

पोखरा । सुविधा बचत तथा ऋण सहकारीको १९ औं साधारण सभा तथा सातौं अधिवेशनले अशोककुमार श्रेष्ठको अध्यक्षतामा ९ सदस्यीय सञ्चालन समिति चयन गरेको छ । लेखा तथा सुपरीवेक्षण समिति संयोजकमा सुदनकुमार मुल्मी चयन भए ।

निर्वाचन संयोजक वीरबहादुर अधिकारी, सदस्यमा महानगर सहकारी समितिका वरिष्ठ उपाध्यक्ष दीपकप्रकाश आचार्य । महेन्द्र नारायण विजुक्छे थिए ।

संस्थाका ३ जना ज्येष्ठ सदस्य नीलबहादुर केसी, उदौ गिरी र रुद्रमाया गिरिसहित उत्कृष्ट शेयर सदस्यलाई सम्मान पनि गरिएको थियो । संस्थाका कार्यकारी निर्देशक सुशील बिजुक्छेले संस्थाका सम्पूर्ण गतिविधि तथा भावी कार्यक्रमबारे बताएका थिए । साथै उनले सदस्यका जिज्ञासाको जवाफ दिएका थिए । कार्यक्रममा संस्थामा एक दशकसम्म निरन्तर कार्य गर्ने कर्मचारी स. प्रबन्धक राजीव खिचाजु, बजार प्रतिनिधि सावित्रीकुमारी चालसिे र सहायक टेलर स्वस्तीका शर्मालाई सम्मान गरिएको थियो ।

कार्यक्रममा संस्थाका अध्यक्ष अशोककुमार श्रेष्ठले सञ्चालक समितितर्फबाट गत वर्षको वार्षिक प्रतिवेदन तथा आगामी वर्षको प्रस्तावित कार्यक्रम प्रस्तुत गरेका थिए । यस्तै, आर्थिक प्रतिवेदन तथा प्रस्तावित बजेट कोषाध्यक्ष कृष्णमान ठुसाजु र लेखा तथा सुपरीवेक्षण समिति प्रतिवेदन संयोजक सुदनकुमार मुल्मीले प्रस्तुत गरे ।

संस्थाका अध्यक्ष श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष विक्रमनारायण विजुक्छे र सञ्चालन सचिव राजु पौडेलले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै