हाम्रो सहयोगीको १३ औं साधारणसभा

आदर्श समाज सम्वाददाता
असाेज १४, २०७९
Hamro sahayogi

पोखरा । हाम्रो सहयोगी बचत तथा ऋण सहकारी संस्था, पृथ्वीचोकको १३ औं वार्षिक साधारण सभा भएको छ । गण्डकी प्रदेशका कृषि, सहकारी तथा गरिबी निवारण मन्त्री चन्द्रबहादुर बूढाले सभा उद्घाटन गर्दै देशको अर्थतन्त्रमा सहकारीको उल्लेख्य भूमिका रहेको बताए । सहकारीले देशमा आत्मनिर्भर अर्थतन्त्र विकासका लागि भूमिका खेलेको उल्लेख गर्दै उनले सहकारीका सदस्यले आफ्नो भूमिकाबारे समेत स्पष्ट हुन सके आफू सदस्य भएको सहकारीको उन्नतिमा टेवा पुग्ने बताए ।

संस्थाका अध्यक्ष शुक्रराज कँडेलले सहकारीले आफ्नो सेवा पोखरा अतिरिक्त रुपा गाउँपालिकामा पनि विस्तार गरेको जानकारी दिए । कोभिड १९ सँगै देखा परेको तरलता अभाव र आर्थिक संकुचनबाट पाठ सिकेर यसलाई अवसरका रुपमा सदुपयोग गरिने उनले बताए ।

सो अवसरमा हाम्रो सहयोगी पत्रकारिता पुरस्कार–२०७९ बाट पत्रकार पुष्प दाहाल सम्मानित भए । सोही अवसरमा सहकारीले आफ्ना उत्कृष्ट बचतकर्ता, उत्कृष्ट कर्मचारी र उत्कृष्ट ऋणीहरुलाई पनि सम्मान गरेको थियो । उक्त अवसरमा सेयर सदस्यका १२ कक्षा उत्तीर्ण छोराछोरीलाई पनि सम्मान गरिएको थियो । उत्कृष्ट कर्मचारी सम्झना भुजेललाई पनि पुरस्कृत गरियो ।

कार्यक्रममा विश्वज्योति आधारभूत विद्यालय, पोखरा ३१ का २ विद्यार्थीलाई जनही ५ हजार दरले छात्रवृत्ति रकम हस्तान्तरण गरिएको हो ।

सभामा जिल्ला सहकारी संघ कास्कीका सदस्य चन्द्रा पराजुली, पोखरा महानगर सहकारी समितिका सदस्य नारायणप्रसाद आचार्य, हाम्रो सहयोगी उपभोक्ता सहकारी संस्थाका संस्थापक अध्यक्ष उमाकान्त खनाल, सक्षम बचत तथा ऋण सहकारीका अध्यक्ष विश्वमित्र सुवेदी, पत्रकार महासंघ कास्कीका उपाध्यक्ष रामप्रसाद तिमिल्सिनाले बोलेका थिए ।

संस्थाले पोखरा १४ बिपी मार्गमा सेवा केन्द्र सञ्चालन गरेर पनि सेवा प्रदान गरिरहेको छ । संस्थाले लाइफ केयर डाइग्नोष्टिक एन्ड रिसर्च सेन्टरमार्फत् निःशुल्क स्वास्थ्य परीक्षण सेवा पनि प्रदान गरेको थियो । सहकारी अध्यक्ष शुक्ररात कँडेलको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष रूद्रबहादुर बिकले स्वागत र सचिव कृष्णप्रसाद तिमल्सिनाले संचालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width