‘सिजीसँग यो पर्व, गरौं गर्व’

आदर्श समाज सम्वाददाता
असाेज १४, २०७९
cg

पोखरा । सिजी ब्रान्डले दसैं, तिहार तथा छठ पर्व लक्षित गर्दै नयाँ उपहार योजना बजारमा ल्याएको छ ।

‘सिजीसँग यो पर्व, गरौं गर्व’ नामक सो योजनाअन्तर्गत कम्पनीले ४६ हजारसम्मको आकर्षक क्यास ब्याकका साथै विभिन्न पक्का उपहार जित्ने अवसर प्रदान गर्ने भएको छ ।

कम्पनीका अनुसार ग्राहकले सिजी ब्रान्ड साथै सिजी ब्रान्डअन्तर्गतको सिजी मेरिडिया सिग्नेचर सिरिजका प्रोडक्ट घर ल्याई गर्वका साथ नेपालको आफ्नै गुणस्तरीय ब्रान्ड प्रयोग गर्न सक्ने छन् । जसबाट आकर्षक क्यास ब्याक तथा उपहारको आनन्द लिई पर्वलाई महापर्व बनाउन सक्ने छन् ।

योजनाअन्तर्गत ग्राहकले सिजी ब्रान्डका सिंगल डोर रेफ्रिजरेटर, चेस्ट फ्रिजर, स्पिकर, कुलर तथा भ्याकुम क्लिनरको खरिदमा आकर्षक क्यास ब्याक पाउने छन् । सिजीका ४३ इन्चसम्मका टेलिभिजन खरिदमा आकर्षक क्यासब्याक तथा ५० इन्जमाथिका टेलिभिजनमा २.१ स्पिकर उपहार पाउने छन् ।

सिजी डबल डोर रेफ्रिजरेटर किन्दा फ्राइ प्यान, मल्टी डोर रेफ्रिजरेटरमा मेरिडिया भ्याकुम क्लिनर, माइक्रोवेभको खरिदमा एलजी कुकिङ किट, फ्रन्ट लोड बासिङ मसिन खरिदमा ६ केजी एरियल, सेमी तथा टप लोड वासिङ मेसिन खरिदमा २ केजी एरियल, डिस वासर खरिदमा २ प्याकेट डिस वास प्याकेट तथा एसी खरिदमा निःशुल्क जडान जस्ता पक्का उपहार पाइने छ । यो आकर्षक योजना नेपालकै सबैभन्दा ठूलो र नम्बर १ इलेक्ट्रोनिक्स् ब्रान्ड सिजीले गत भदौ ९ देखि सीमित अवधिका लागि देशभर लागु गरेको हो ।

Related News

सम्बन्धित समाचार

hero news full width