काइन्डनेस क्लब मदरल्यान्डको सहयोग

आदर्श समाज सम्वाददाता
असाेज १३, २०७९
mother land

पोखरा । मदरल्याण्ड माविमा स्थापित काइन्डनेस क्लब मदरल्याण्डले बुधबार साथी संसार नेपालका बालबालिकालाई सहयोग गरेको छ ।

संस्थाका १ सय ५० जना बालबालिकामध्ये १० जनालाई झोला, गम्छा, मोजा, कापीकलम तथा अन्य खाद्यान्न सामग्री वितरण गरियो । कार्यक्रममा साथी संसार नेपालमा उपस्थित बालबालिका (मस्तिष्क पक्षघातका शिकार बनेका बालबालिका) हरुले आफ्नो परिचय दिंदै विभिन्न प्रतिभा देखाएका थिए ।

साथी संसार नेपालका संयोजक नारायण अधिकारीले मस्तिस्क पक्षघातको साथै काइन्डनेस क्लब मदरल्यान्डलाई आभार व्यक्त गरे । क्लब अध्यक्ष निश्छल बास्तोलाले क्लब परिचय र सदस्य अनुष्ठान रेग्मीले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

बाल्यकालदेखि नै दया, माया र करुणाको भाव जागृत गर्ने उद्देश्यले स्थापित काइन्डनेस क्लब मदरल्याण्डले विद्यालयभित्र तथा बाहिर विभिन्न कार्य गर्दै आएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width