सृजना विकास केन्द्रमा कृष्ण थापा

आदर्श समाज सम्वाददाता
असाेज १२, २०७९
krishna thapa

पोखरा । सृजना विकास केन्द्रको ४५ औं साधारण सभाले अध्यक्षमा कृष्णबहादुर थापालाई निर्वाचित गरेको छ ।

अध्यक्षका प्रत्यासी चन्द्र गिरिलाई पराजित गर्दै उनी आगामी २ वर्षे कार्यकालका लागि निर्वाचित भएका हुन् । विभिन्न संघसंस्थामा समेत नेतृत्वको अनुभव हासिल गरेका थापा सृजना विकास केन्द्रमा यसअघि प्रथम उपाध्यक्ष थिए ।

कार्यसमितिको निवर्तमान अध्यक्षमा इन्द्रप्रसाद पौडेल, प्रथम उपाध्यक्ष कृष्णमान ठुसाजु, द्वितीय उपाध्यक्ष विक्रमनारायण बिजुक्छे, महासचिव विश्व श्रेष्ठ, सचिव भीम पौडेल, कोषाध्यक्ष कृष्णप्रसाद बराल निर्वाचित भए ।

यस्तै, सदस्यमा सावित्री बराल, विक्रम खिचाजु, मुक्ति सुवेदी र दानबहादुर गुरुङ छन् ।  सृजना विकास केन्द्रले पोखराको जनप्रिय बहुमुखी क्याम्पस स्थापनादेखि सृजना बहिरा विद्यालय, सृजना लघुबित्त, सृजना बालगृह, खानेपानी परियोजना लगायत स्थापना गरेको छ ।
निर्वाचन समिति संयोजकमा वीरबहादुर अधिकारी थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width