बन्जी नेपाललाई पर्यटन मन्त्रालयको सम्मान

आदर्श समाज सम्वाददाता
असाेज ११, २०७९
tousism day-santosh bhattarai

पोखरा, ११ असोज । विश्व पर्यटन दिवसमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पोखराको बन्जी नेपाललाई सम्मान गरेको छ ।
मन्त्रालयका सचिव सुरेश अधिकारीले मंगलवार काठमाडौंमा आयोजित समारोहमा बन्जी नेपालका अध्यक्ष सन्तोष भट्टराईलाई सम्मानपत्र र दोसल्लाले सम्मान गरेका हुन् ।

नेपालको साहसिक खेल पर्यटनमा उल्लेख्य योगदान पु¥याएको भन्दै बन्जी नेपाललाई सम्मान गरेको हो । गत सालबाट सन्चालनमा आएको बहुराष्ट्रिय कम्पनीबाट फ्रेन्चाइज लिएको बन्जी नेपालले छोटो समयमा नै चर्चा कमाउन सफल भएको छ । पोखरा–१७, रातोपैरामा बन्जी नेपाल सञ्चालित छ ।

बन्जी नेपालका अध्यक्ष भट्टराई तनहुँको शुक्लागण्डकी–११, राइपुरमा जन्मिएका हुन् । मध्यम परिवारमा जन्मिएका उनी अन्तराष्ट्रिय जम्पमास्टर हुन् । उनले साहसिक खेल नेपाल भित्र्याउन महत्वपूर्ण भूमिका खेलेका थिए । नेपालमा बञ्जी सम्बन्धी निति नियम निर्माणमा समेत सरकारलाई सहयोग गरेका उनी मकाउ, इन्डोनेसिया, जापान, रसिया लगायत देशमा एक दशक बढि साहसिक खेलमा अनुभवी बटुलेका छन् । सोही अनुभव नेपालमा उपयोग गरेका हुन् ।

सम्मानले थप राम्रो काम गर्न हौसला मिलेको बन्जी नेपालका अध्यक्ष भट्टराईले बताए । पर्यटकीय, धार्मिक र ऐतिहासिक रुपमा प्रशस्त सम्भावना रहेको शुक्लागण्डकीमा समेत साहसिक खेल भित्र्यान स्थानीय सरकारले चासो र पहल गर्नुपर्नेमा उनले जोड दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width