दसैंलक्षित भेडाच्याङ्ग्रा पोखरा

धनबहादुर गुरुङ
असाेज ११, २०७९
Chyangra Photo

पोखरा । जुम्लाका कमानसिंह थामी पोखरा १, जौबारीमा भेडाच्यांग्राको हुलसँगै भेटिन्छन् । गत वर्ष पनि उनी यसरी नै भेटिएका थिए । दसैं छेको पारेर भेडाच्याङ्ग्रा पोखरा झारेर बेच्न थालेको गत वर्षदेखि हो । गएको शुक्रबार बझाङबाट भेडाच्याङ्ग्रा पोखरा झारेका उनले बिक्री सुरु थालिसकेका छन् ।

अरुले भन्दा पहिला ल्याए चाँडो बिक्री हुने उनले बताए । ‘दसैं लागेसँगै पोखरामा भेडाच्याङ्ग्राको माग बढ्न थाल्छ नबिक्ला भन्ने हुन्न,’ उनले भने, ‘बरु जति छिटो ल्याउन सक्यो, उति धेरै बिक्री हुने र फाइदा मिल्छ भनेर पहिला नै ल्याएको हुँ ।’ ६० वटा ल्याएका उनले २० वटा बिक्री गरिसकको सुनाउँछन् ।

उनीजस्तै याम्दी पुल वारि धेरैले भेडाच्याङ्ग्रा बिक्री सुरु गरिसकेका छन् । हेमजा र याम्दी क्षेत्रमा हिमाली जिल्ला मुस्ताङ, हुम्ला, मुगु, डोल्पा, बझाङबाट बर्सेनी ल्याउने गरिएकोमा यसपालि पनि झर्नेक्रम सुरु भइसकेको छ । दार्चुलालगायत पश्चिमी क्षेत्रबाट भेडाच्याङ्ग्रा आइसकेका छन् । मुस्ताङबाट मंगलबारसम्म झर्ने व्यवसायीहरु बताउँछन् । तर किन्न जानेमध्ये कोही मूल्य सुनेर जिब्रो टोक्दै फर्किने गरेका छन् भने कोही दसैंमा जति महँगो भए पनि खानै पर्‍यो भन्दै डोर्‍याउँदै हिंडेको पाइन्छ ।

बझाङबाट करिब २ सय ५० भेडाच्याङ्ग्रा पोखरा झारेका राजेन्द्रबहादुर थामी रोज्जा च्याङ्ग्राको मूल्य बढीमा ५० हजार रुपैयाँसम्म पर्ने बताउँछन् । बझाङमा खरिद दर नै बढी भएकाले रेट बढेको उनले सुनाए । ‘बझाङमै किन्दा एउटाको ४० हजार प¥यो । यहाँ ल्याउँदा महँगो त हुने नै भयो,’ उनले भने, ‘२ महिना अघिदेखि जम्मा गर्न पर्‍यो, पालिकालाई तिर्न पर्‍यो, अनि ल्याउँदा ट्रक भाडा लाग्यो हामीलाई पनि अलिअलि फाइदा त हुनै पर्‍यो नि ।’

बझाङबाट करिब २ सय ५० भेडाच्याङ्ग्रा पोखरा झारेका राजेन्द्रबहादुर थामी रोज्जा च्याङ्ग्राको मूल्य बढीमा ५० हजार रुपैयाँसम्म पर्ने बताउँछन् ।

गत वर्ष घाटा व्यहोरेका कमानसिंह थामीले यो वर्ष केही होला भन्ने आशा गरेका छन् । गएका २ वर्ष दरभाउमा त्यति फरक नपरेकाले यो वर्ष सबै बिक्ने र केही फाइदा हुने उनको भनाइ छ । खरिदमा केही रकम जोडेर बेचेको उनले बताए ।

‘उतै महँगो छ । पालिकाले लिने कर तिर्नै पर्‍यो,’ उनले भने, ‘ल्याएरमात्र भएन, खोरको पैसा तिर्नुपर्छ । चराएको पैसा नि तिर्नै पर्छ,’ उनले भने, ‘बझाङबाट पोखरा ट्रकमा झार्न ३ दिन लाग्यो । भाडामात्रै १ लाख २० हजार तिरेको छु ।’ सबै कारण महँगो भएको थामीको तर्क छ ।

गत वर्ष ३५ देखि ४७ हजार रुपैयाँसम्ममा च्याङग्रा बिक्री गरेको उनले सम्झे । गत वर्ष आफूले ल्याएको च्याङ्ग्रा पनि ४७ हजार रेटकै रहेको बताए । यो वर्ष सामान्य ३२ हजारदेखि ४५ हजारसम्मको च्याङ्ग्रा पोखरा आएका छन् । कुनै कुनै ठूला देखिएकाहरुको मूल्य ५० हजारसम्म रहेको छ ।

दसैंका बेला हिमाली भेगबाट झारिने भेंडाच्याङ्ग्रा पछिल्लो समय भाउ बढ्न थालेको पोखरा न्यूरोडका दिलबहादुर राईले बताए । राई फ्रेस हाउस सञ्चालक समेत रहेका उनले पोखरामा दसैंका बेला च्याङ्ग्राको माग अत्यधिक हुने गरेको सुनाए । दसैंमा धेरैले सिङ्गै घर लगेर काट्छन् भने सिङ्गै लैजान नसक्नेहरु फ्रेस हाउसबाटै सिधैं भान्सामा पुर्‍याउँछन् ।

‘दसैंमा च्याङ्ग्राको मासु नखाए दसैं नै खल्लो हुनेजस्तै भइसकेको छ,’ उनले भने, ‘धेरैले एउटै डोर्‍याएर लैजान्छन् । तर सिङ्गै किन नसक्नेहरु फ्रेस हाउसमा खोज्न आउँछन् ।’ पछिल्लो समयमा भेंडाच्याङ्ग्राको भाउ बढेको भए पनि माग उस्तै रहेको उनको भनाइ थियो ।

दसैंमा मासुका लागि पोखरामा खसीबोका पनि उत्तिकै बिक्री हुने गर्छन् । भेडाच्याङ्ग्रा किन्न नसक्नेहरु खसीबोकामै रमाउँछन् । दसैंको बेलामा बढी मासु खपत हुने पोखरामा विशेषगरी दाङ, नवलपुर, तनहुँ, पाल्पा र स्याङ्जाबाट खसीबोका ल्याइने गरिन्छ ।

Related News

सम्बन्धित समाचार

  • मानवअधिकार आयोगसमक्ष द्वन्द्वपीडित समुदायको ज्ञापन

    आदर्श समाज सम्वाददाता वैशाख १३, २०८१
    पोखरा । द्वन्द्वपीडित समुदायले विभिन्न मागसहित मानवअधिकार आयोगमा ज्ञापनपत्र बुझाएको छ । देशका विभिन्न जिल्लामार्फत न्यायको अधिकारप्रति जिम्मेवारीबोध गर्दै ठोस…
  • कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । कास्कीमा माध्यमिक शिक्षा एसइईका उत्तरपुस्तिका परीक्षण रोकिएको छ । १० वर्षदेखि उत्तरपुस्तिका परीक्षण पारिश्रमिकमा वृद्धि नभएको भन्दै शिक्षकहरुले…
  • सहारा एकेडेमीमा यु–१४ फुटबल प्रशिक्षण

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । सहारा क्लब पोखराको व्यस्थापनमा प्रदेश खेलकुद परिषद् गण्डकीले ‘खेल्छ गण्डकी’ कार्यक्रमअन्तर्गत उक्त यु–१४ फुटबल प्रशिक्षण दिएको छ । दोबिल्लास्थित…
  • गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । गण्डकी प्रदेशमा डायलाइसिस सेवाको लागि पर्खाइमा रहेका व्यक्तिको संख्या शून्यमा झार्ने लक्ष्य पूरा भएको छ । बुधबार गण्डकी…
  • स्वदेश फर्किए कतारी अमिर

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा ।  नेपालको दुई दिने राजकीय भ्रमणमा रहेका कतारका अमिर शेख तमिम बिन हमाद अल थानी स्वदेश फर्किएका छन्। उनलाई…

hero news full width