तालचोक कृषि सहकारीको सभा

आदर्श समाज सम्वाददाता
असाेज ११, २०७९
Talchowk Krishi Sahakari

लेखनाथ । पोखरा २७ तालचोकस्थित तालचोक कृषि सहकारी संस्थाको छैंटौं साधारण सभा सोमबार भएको छ । सभा पोखरा महानगरपालिका सहकारी शाखाका सदस्य एवं पोखरा २७ का अध्यक्ष पूर्णकुमार गुरुङले उद्घाटन गरे । उनले सम्पूर्ण सहकारी मिलेर एकीकृत कारोबार गरी प्रभावकारी कार्ययोजना बनाई लगानी गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा सञ्चारकर्मी नवराज सापकोटा, लेखनाथ सामुदायिक सेवा केन्द्रका संस्थापक अध्यक्ष मोती गिरी, सहकारीका सल्लाहकार ऋषि जमरकट्टेल, लेखनाथ सामुदायिक सेवा केन्द्रकी उपाध्यक्ष गंगा खनाल लगायतले बोलेका थिए ।

कार्यक्रमबीच् सहकारीले विन्दा दवाडीलाई उत्कृष्ट कृषक अवार्ड प्रदान गरेको छ । उत्कृष्ट कारोबार गर्ने पुरुषोत्तम राज भण्डारी, गंगा खनाल र नारायण उपाध्यायलाई समते सम्मान गरेको छ । सभाले सचिव केशव सापकोटाको वार्षिक प्रतिवेदन र कोषाध्यक्ष गोपी तिवारीको आर्थिक प्रतिवेदन पारित गरेको छ ।

कुल ३ सय १५ जना सेयर सदस्य रहेको सहकारीले निक्षेप संकलन र कर्जा प्रवाह गर्नुका साथै कृषि क्षेत्रमा सहुलियत ब्याजदरमा ऋण प्रवाह गर्ने गरेको छ ।

संस्थाका अध्यक्ष विजय न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष नवराज पौडेलले स्वागत र सचिव केशव सापकोटाले सञ्चालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width