नेपाल निर्माण व्यवसायी संघको शुभकामना आदानप्रदान

आदर्श समाज सम्वाददाता
असाेज १०, २०७९
viber_image_2022-09-26_19-18-18-118

पोखरा, ११ असोज । नेपाल निर्माण व्यवसायी संघ कास्कीले दसैंतिहार, नेपाल संवत् ११४३ तथा छठ पर्व अवसरमा सोमबार शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ ।

नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष रवि सिंहले व्यवसायीको हकहितको पक्षमा बोल्दै पर्वको अवसरमा शुभकामना दिए ।

संस्थाका कार्यवाहक अध्यक्ष सुवर्ण श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका पूर्व सचिव समेत रहेका पोखरा ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानी, पोखरा १७ का निवर्तमान वडा अध्यक्ष तीर्थराज अधिकारी, वडा ४ का निवर्तमान अध्यक्ष शंकर बास्तोला, महासंघका केन्द्रीय उपाध्यक्ष खिमप्रकाश मल्ल, संस्थाका सल्लाहकार शिवशंकर गौचन, गण्डकी प्रदेश नेपाल निर्माण व्यवसायी संघका अध्यक्ष टंकराज बराल, निवर्तमान अध्यक्ष एवं केन्द्रीय सदस्य सुरेश श्रेष्ठ, पूर्व अध्यक्ष एवं सललहकार मुक्तिप्रसाद तिमिल्सिना लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

स्वागत उपाध्यक्ष कृष्णचन्द्र बराल र संचालन सचिव इ.शिरशकुमार बास्तोलाले गरेको कार्यसमिति सदस्य हुमनाथ ढकालले जानकारी दिए । सहभागीले आपसमा शुभकामना साटासाट गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width