प्रेमशान्ति साहित्य पुरस्कार मधुश्रीलाई

आदर्श समाज सम्वाददाता
असाेज १०, २०७९
prem shanti

पोखरा । लमजुङ–पोखरा सम्पर्क समितिले प्रेमशान्ति राष्ट्रिय साहित्य पुरस्कारबाट कथाकार मन्दिरा मधुश्रीलाई सम्मान गरेको छ । समितिले हरेक वर्ष प्रदान गर्ने सो पुरस्कार यसपालि विराटनगरकी कथाकार मन्दिरा मधुश्रीलाई पोखरामा आयोजित समारोहमा प्रदान गरेको हो ।

संस्थाका अध्यक्ष विपीन अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ साहित्यकार सरुभक्तले राष्ट्रकवि माधव घिमिरे जन्माउने लमजुङ नेपालको साहित्यलाई नेतृत्व गर्ने जिल्लाको रुपममा स्थापित भइसकेको बताए । कार्यक्रममा पोखराका लघुकथाकारले आफ्ना लघुकथासमेत प्रस्तुत गरेका थिए ।

लमजुङमा हलोक्रान्ति गरी २०५० सालदेखि अनवरत सञ्चालनमा आएको सम्पर्क समितिले अक्षयकोष स्थापना गरी साहित्यका विविध विधामा सूर्य लक्ष्मी पुरस्कार, पञ्चसुब्बा ढाँटी पुरस्कार, प्रेमशान्ति पुरस्कार प्रदान गर्दै आएको छ । यसका साथै लमजुङबाट उच्च शिक्षाका लागि पोखरा आई अध्ययन गर्ने जेहेनदार एक विद्यार्थीलाई यस समितिले वार्षिकरुपममा छात्रवृत्तिसमेत प्रदान गर्दै आएको अध्यक्ष अधिकारीले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width