जनप्रियमा शुभकामना आदानप्रदान

आदर्श समाज सम्वाददाता
असाेज १०, २०७९
janapriya~main

पोखरा । दसैंतिहार लगायत पर्व अवसरमा जनप्रिय बहुमुखी क्याम्पस, पोखराले शुभकामना आदनप्रदान तथा चियापान कार्यक्रम गरेको छ ।

शुभकामना मन्तव्य दिंदै क्याम्पस व्यवस्थापन समिति उपाध्यक्ष वीरबहादुर अधिकारीले शैक्षिक संस्था गतिशील र जीवन्त बनाउन प्राध्यापक तथा कर्मचारीको भूमिका अहम् हुने बताए । आफ्नो कर्तव्य सही तरिकाले निर्वाह गरेमा क्याम्पसको उन्नति र प्रगति हुने हुँदा यसैलाई शुभकामना मान्न आग्रह गरे ।

क्याम्पस प्रमुख लोेकराज भण्डारीले भने, ‘मानीत विश्वविद्यालयतर्फ उन्मुख क्याम्पसको साखलाई कायम राख्ने दायित्व शिक्षक कर्मचारीको हो ।’

क्याम्पस सञ्चालक समिति सदस्य सोमनाथ बरालले ३१ वर्षदेखि समुदायमा आधारित क्याम्पसले आर्जन गरेको गरिमा गौरव गर्न लायक भएको बताए । अर्का सदस्य तथा पूर्व कोषाध्यक्ष जनकराज पराजुलीले सामुदायिक क्याम्पसको गुणस्तर कायम राख्न शिक्षक कर्मचारीको अहम् भूमिका हुने बताए ।

क्याम्पसले त्रिविको सम्बन्धन र विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर मान्यताप्राप्त गरेको छ । मानीत विश्वविद्यालयको गोरेटोमा अगाडि बढेको जनप्रियले आफ्नै पहलमा पाठ्यक्रम तयार गरी स्वयत्त कार्यक्रमअन्तर्गत एमविए इन हस्पिट्यालिटी र स्नातक तह पर्वतीय पर्यटन व्यवस्थापन (बिएमटिएम) को शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेको छ ।

क्याम्पसमा प्रात र दिवा सत्रमा ५ हजार ५ सयभन्दा बढी विद्यार्थी अध्ययन गर्छन् । जनप्रियले देशभरिका १ हजार ९६ सामुदायिक क्याम्पस मध्ये २०७२ र २०७३ मा शिक्षामन्त्रालयबाट उत्कृष्ट क्याम्पसको पुरस्कार पाइसकेको छ ।

विश्वविद्यालय अनुदान आयोगको छनौटमा परेको जेएमसीले २ पटक गुणमापन तथा प्रत्यानको प्रमाणपत्र पाएर गुणस्तर सुनिश्चितताको कसीमा सर्वोकृष्ट ठहरिएको छ ।

क्याम्पसमा १ सय ५० प्राध्यापक र ३९ जना कर्मचारी रहेको सहायक प्रशासक महादेवकुमार पालिखेले बताए ।

स्थायी प्राध्यापक मञ्च जनप्रिय बहुमुखी क्याम्पस एकाइ समितिको आयोजनामा शुभकामना आदनप्रदान तथा चियापान कार्यक्रम भएको हो । मञ्चका सभापति टोपलाल खनालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन अंग्रेजी विभाग प्रमुखसमेत रहेका मञ्च सचिव राजेन्द्र पौडेलले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width