बाटिका सहकारीको सभा

आदर्श समाज सम्वाददाता
असाेज १०, २०७९
batika

लेखनाथ । पोखरा–३२, राजाको चौतारास्थित बाटिका बचत तथा ऋण सहकारी संस्था लि.को १५ औं वार्षिक साधारण सभा भएको छ ।

नेफ्स्कुनका केन्द्रीय महासचिव दामोदर अधिकारीले सभाको उद्घाटन गर्दै देशको आर्थिक विकास र समृद्धि नेपालको सपना साकार बनाउने संस्था एवं सामूहिक अभ्यास गर्ने स्थलको रुपमा सहकारी रहेको बताए ।

उनले आगामी दिनमा आर्थिक क्रियाकलाप गर्न स्वदेशमा नै लगानी गरी रोजगार दिने, उत्पादन क्षेत्रमा सामूहिक सहकार्यको माध्यमद्वारा कृषि, उद्योग र व्यापारमा लगानी गरी, समग्रमा देशको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुग्ने गरी काम गर्न सुझाव दिए ।

कार्यक्रममा जिल्ला सहकारी संघ कास्की उपाध्यक्ष अम्बिका गौतमले कर्जा लगानी र निक्षेप संकलनमा मात्र केन्द्रित नभई आफ्नै उत्पादन गरी दीर्घकालीन रुपमा स्वरोजगार बन्नु पर्ने धारणा राखे ।

कार्यक्रमा जिल्ला सहकारी संघकी कमला गिरी, कास्की बचत तथा ऋण सहकारी संंघका उपाध्यक्ष श्रीकान्त ढुंगाना, पोखरा ३२ का वडाध्यक्ष अक्कलबहादुर कार्की, लेखनाथ उद्योग वािणज्य संघका अध्यक्ष छत्रधर आत्रेय, संस्थाका भूपू अध्यक्ष, हरिप्रसाद धमला, तुलबहादुर गुरुङ, संस्थाका सल्लाहकार, दुर्गालाल पण्डित, विष्णुप्रसाद तिवारी, मालेपाटन कृषि सहकारीका अध्यक्ष नारायणप्रसाद वाग्ले, सेयर सदस्य मेनुका श्रेष्ठ लगायतले आ–आफ्नो धारणा राखेका थिए ।

कार्यक्रममा सहकारीका सदस्यका छोराछोरीमध्ये गत एसइई परीक्षामा उत्कृष्ट नतिजा ल्याउनेलाई सम्मान गरिएको थियो । सम्मानित हुनेमा सामुदायिक विद्यालयबाट ब्रह्मरुपा माविकी एनिसा खड्का र सैनिक आवासीय महाविद्यालयका समुन तिवारी छन् । त्यसैगरी वर्ष उत्कृष्ट कर्मचारी गोपिराज तिवारी, वर्ष उत्कृष्ट कारोबारकर्ता सरस्वती घिमिरे, श्रीमाया कामी, र मिठु गिरीलाई सम्मान गरिएको थियो ।

संस्थाका अध्यक्ष मानबहादुर श्रेष्ठले वार्षिक प्रगति प्रतिवेदन, सचिव इन्द्रविलास पौडेल (सूर्य) ले प्रगति प्रतिवेदन र कोषाध्यक्ष सन्तोष तिवारीले संस्थाको भावी योजना र आयव्यय प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । अध्यक्ष श्रेष्ठले स्वागत गरेको कार्यक्रममा सहकारीका सिद्धान्त वाचन सदस्य जानुका अधिकारी र संचालन सचिव इन्द्रविलास पौडेल (सूर्य) ले गरेका थिए । धन्यवाद ज्ञापन उपाध्यक्ष अर्जुनराज पगेनीले गरेका थिए । संस्थामा १ हजार १३ जना सेयर सदस्य छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width