‘युवा विद्यार्थीहरुसँग सन नेपाल लाइफ’

आदर्श समाज सम्वाददाता
असाेज ९, २०७९
sun life

पोखरा । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकोे ५ औं वार्षिकोत्सव कार्यक्रम अन्तर्गत पोखरामा विविध कार्यक्रम भएको छ । बिमा सचेतना एवं अभिमुखीकरण कार्यक्रम पोखराको शुक्रराज वलभद्र माध्यमिक विद्यालयमा ‘युवा विद्यार्थीहरूसँग सन नेपाल लाइफ’ कार्यक्रम सम्पन्न गरिएको छ ।

उक्त कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्षको सभाध्यक्षता एवं सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका सहायक महाप्रवन्धकको प्रमुख आतिथ्यता थियो । कार्यक्रममा विद्यालयका प्रध्यानाध्यापक, सहायक प्रध्यानाध्यापक भू.पू. प्रध्यानाध्यापक लगायत शिक्षकहरू एवं अभिकर्ताहरुको आतिथ्यतामा सम्पन्न गरिएको कार्यक्रममा ५७ जनाको सहभागिता थियो ।

लेखनाथ उपशाखाका प्रमुख इन्दिरा भट्टराईले संचालन गरेको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद भण्डारीले स्वागत मन्तव्य राखेको कार्यक्रममा कम्पनीका सहायक महाप्रबन्धक बाबुराम पौडल ‘जीवन’ ले बिमाको महत्व एवं बिमामा युवाहरूको भूमिकाको वारेमा प्रकाश पारेका थिए ।

मार्केटिङ ग्यालेजर रुद्रप्रसाद शर्मा तिमिल्सेना लगायत अन्य अभिकर्ताहरूले बिमाको महत्वको बारेमा जानाकारी गराउँदै बिमाको विषयमा सहजीकरण गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width