जुग्नु पाउरोटी उद्योगमा छापा

आदर्श समाज सम्वाददाता
असाेज ९, २०७९
Pauroti nabalpur

नवलपुर । जुग्नु पाउरोटी उद्योग, प्रगतिनगरमा जिल्ला अनुुगमन समितिले छापा मारेको छ । घरेलुु तथा साना उद्योग कार्यालय र जिल्ला प्रशासन कार्यालय नवलपुरको अनुगमन टोलीले शुक्रबार साँझ छापा मारेको हो ।

अनुगमनमा इलाका प्रहरी कार्यालय रजहरका प्रमुख प्रहरी निरीक्षक भीमसेन घिमिरे सहितको प्रहरीको टोलीले पाउरोटी उद्योगका संचालक रवि अहमदलाई पक्राउ गरेको छ ।

सो क्रममा उद्योगमा रहेको २२ बोरा मैदा, बेकरी, पाउरोटी, समोसा र क्रिमरोल समेत बरामद गरिएको छ । जुगुनु उद्योगलाई खाद्यवस्तुमा उत्पादित मिति, उद्योगको नाम, खाद्य वस्तुको उपयोग मिति, बजार मूल्य राख्न प्रशासन र घरेलु तथा साना उद्योगले पटक पटक सचेत गराउँदै आए पनि अटेर गरेपछि नियन्त्रणमा लिएर कारबाही अगाडि बढाएको हो ।

अनुगमनमा जुगुनु पाइरोटी उद्योगबाट उत्पादिन विभिन्न प्रकारका पाउरोटीमध्ये कुनै उत्पादित मिति, उद्योगको नाम, खाद्य वस्तुको उपयोग मिति, बजार मूल्य नराखी बजारमा पठाउने गरेको भेटिएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width