परिवार नियोजनको तालिम

आदर्श समाज सम्वाददाता
असाेज ९, २०७९
paribar

पोखरा । नेपाल परिवार नियोजन संघ कास्कीको आयोजनामा बृहत् यौनिकता शिक्षा र लैंगिक तथा यौनिक अल्पसंख्यकसम्बन्धी तालिम सुरु भएको छ । संघ केन्द्रीय कार्यालयको आर्थिक तथा प्राविधिक सहयोगमा आयोजित तालिम लुम्लेमा ३ दिनसम्म चल्नेछ ।

युवा वर्गका लागि आवश्यक यौन तथा प्रजनन् स्वास्थ्यसम्बन्धी ज्ञान दिने तथा लैंगिक तथा यौनिक अल्पसंख्यक क्षेत्रमा वकालत गर्न सक्ने जनशक्ति तयार गर्ने उद्देश्यले तालिम आयोजना गरिएको हो ।

तालिममा विभिन्न लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायसहित २८ जना युवाको सहभागिता रहेको कार्यक्रम संयोजक विष्णु दाहालले जानकारी दिए ।

तालिममा संघ केन्द्रीय कार्यालय ग्याक परियोजना कार्यक्रम अधिकृत नारायणी त्रिपाठी, सविना तिमिल्सिना, विष्णु दाहाल, कृषा सिग्देल, सपना थापा, नीराजन अधिकारी, संघका वरिष्ठ शाखा प्रबन्धक नवराज तिवारी, स्टाफ नर्स अनुषा भुजेललगायतले सहजीकरण गर्ने छन् ।

तालिम उद्घाटन गर्दै नेपाल परिवार नियोजन संघका महासचिव अर्जुन सिग्देलले युवा तथा लैंगिक अल्पसंख्यकको महत्व बुझेर नै संघले विभिन्न अभियान संचालन गरेको बताए । उनले लैंगिक तथा अल्पसंख्यक समुदायका लागि समलिंगी विवाहको पक्षमा वकालत गरेको र हर्मोनल तथा लेजर थेरापी सेवा संचालन गरेको जानकारी दिए ।

नेपाल परिवार नियोजन संघ कास्कीका सभापति नीरञ्जन श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी प्रदेश संयोजक उमेशराज पराजुली, कास्की उपसभापति नवीन सिग्देल, सचिव निशा भण्डारी, युवा संयोजक सविना तिमिल्सिना, परिवार नियोजन संघ केन्द्रीय कार्यालय ग्याक परियोजना कार्यक्रम अधिकृत नारायणी त्रिपाठी, वरिष्ठ शाखा प्रबन्धक नवराज तिवारी, युवा सदस्य सपना थापाले बोलेका थिए ।

Related News

सम्बन्धित समाचार

  • कथा सुन्न भक्तजनको आकर्षण

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । पाेखरा नयाँबजारमा जारी श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञमा भक्तजनको आकर्षण बढ्दो छ । हरिहर सन्यास आश्रम देवघाटधामका पीठाधीश अनन्तश्री विभूषित स्वामी…
  • पाेखरा नयाँबजारमा श्रीमद्भागवत् ज्ञानमहायज्ञ जारी

    आदर्श समाज सम्वाददाता वैशाख ६, २०८१
    पोखरा । पोखराको नयाँबजारमा नयाँ वर्षदेखि सुरु भएको श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ–२०८१ जारी छ । महायज्ञमा विविध कार्यक्रमले नयाँबजारस्थित प्रदर्शनी केन्द्र…
  • प्रकट पगेनी ‘शिव’ को निधन

    आदर्श समाज सम्वाददाता वैशाख ४, २०८१
    पोखरा। गजलकार एवं गीतकार प्रकट पगेनी ‘शिव’ को निधन भएको छ । जण्डिस र निमोनियाबाट गम्भीर बिरामी उनको मणिपाल शिक्षण अस्पतालमा…
  • नयाँ वर्षमा एगाको सहयोग

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । इम्ब्रोइडरी एन्ड गार्मेन्ट एसोसिएसन (एगा) पोखराले नयाँ वर्ष २०८१ का अवसरमा शुभकामना आदानप्रदान एवम् शैक्षिक सामग्री सहयोग गरेको…
  • दरौंखोला समाजको भित्तेपात्रो

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा दरौंखोला सामीप्य समाजको भित्तेपात्रो विमोचन एवं नयाँ वर्षको शुभकामना आदानप्रदान शनिबार पोखरामा गरिएको छ । स्याङ्जाको दरौंखोला आसपासबाट पोखरामा…

hero news full width