लेकसिटी कलेजमा कार्निभल

आदर्श समाज सम्वाददाता
असाेज ९, २०७९
Lakecity 2

पोखरा । लेकसिटी कलेज एन्ड रिसर्च सेन्टर, पोखराले कलेज परिसरमा शनिबार कार्निभल आयोजना गरेको छ । लेकसिटी कार्निभल नाम दिइएको कार्यक्रममा विभिन्न स्टलसहित रमाइला गतिविधि समेटिएको थियो । खुला सडकमा नाँच्ने, खाने, गाउने र रमाइलो गर्ने गरी आयोजित कार्यक्रमलाई कार्निभल भनिन्छ ।

कार्निभलमा शैक्षिक परामर्श, खाना र पेयपदार्थ, गीतसंगीत, फेसन सो जस्ता गतिविधि समेत समावेश थिए ।

सानो संसार नामक विद्यार्थीको बुटिक पसलका कपडा विद्यार्थी मोडलले पहिरिएका थिए । लाइभ स्केचिङ, हस्तकला र मानसिक स्वास्थ्यसम्बन्धी परामर्श प्रदान गर्ने स्टल पनि कार्निभलमा राखिएको थियो । ६ स्टल रहेको कार्निभलमा लक्ष्य ब्यान्डको प्रस्तुति समेत थियो ।

कलेजको व्यवस्थापन संकायका संयोजक आमोद कोइरालाले आगामी वर्ष पनि यसप्रकारको कार्यक्रमलाई निरन्तरता दिने योजना रहेको सुनाए ।

त्रिविबाट सम्बन्धन सो कलेजमा स्नातक तहअन्तर्गत बिबिएस, बिएसडब्लू (समाजसेवा) र बिएमा समाजशास्त्र, पत्रकारिता तथा आमसंचार र अंग्रेजी साहित्यको पठनपाठन हुँदै आएको छ । पोखरा ४, गैह्रापाटनस्थित कलेजको स्थापना सन् २००७ मा भएको हो । गुणस्तरीय र व्यावहारिक शिक्षामा आफूहरुले जोड दिंदै आएको कलेजको दाबी छ ।

Related News

सम्बन्धित समाचार

  • पोखरा बहुमुखी क्याम्पसको क्यालेन्डर विमोचन

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । पोखरा बहुमुखी क्याम्पसमा अध्ययनरत विभिन्न तह र संकायका विद्यार्थीलार्ई निशुल्क कम्प्युटर तालिम प्रदान गरिएको छ । विद्यार्थीलाई पाठ्यक्रमसँगै…
  • पोखरामा गणित समाजको कार्यशाला

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । नेपाल गणित समाजको आयोजनामा नेपाल गणित समाज गण्डकी प्रदेशको स्थानीय व्यवस्थापनमा आयोजित कार्यशाला गोष्ठी आइतबार पोखरामा सम्पन्न भएको…
  • लेकसिटी कलेजमा स्वागत र बिदाइ

    आदर्श समाज सम्वाददाता वैशाख २, २०८१
    पोखरा । लेकसिटी कलेज एन्ड रिसर्च सेन्टरमा पहिलो वर्षमा भर्ना भएका र अन्तिम वर्षमा पढिरहेका विद्यार्थीलाई स्वागत तथा बिदाइ गरिएको…
  • राष्ट्रिय शिक्षक संगठन कास्कीमा तीर्थराज

    आदर्श समाज सम्वाददाता चैत्र ३०, २०८०
    पोखरा । नेपाल राष्ट्रिय शिक्षक संगठन कास्कीको १४ औं अधिवेशनबाट तीर्थराज ढकाल सर्वसम्मत निर्वाचित भएका छन् । उपाध्यक्ष (खुला) मा…
  • गण्डकी बोर्डिङ व्यवस्थापन समितिमा ३ सदस्य मनोनीत

    आदर्श समाज सम्वाददाता चैत्र २९, २०८०
    पोखरा । गण्डकी बोर्डिङ स्कुल व्यवस्थापन समितिमा ३ सदस्य मनोनीत भएका छन् । सोमबारको बैठकले जग्गादाता मदनबहादुर केसी, एग्बोसाका निवर्तमान…

hero news full width