तेक्वान्दोको प्रशिक्षण भवन शिलान्यास

आदर्श समाज सम्वाददाता
असाेज ९, २०७९
Taekwondo Building Photo~main

पोखरा । कास्की जिल्ला तेक्वान्दो संघले सुविधासम्पन्न प्रशिक्षण भवन निर्माण गर्ने भएको छ । पोखरा रंगशालाभित्र बन्ने भवनको राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङले शनिबार शिलान्यास गरे ।

योसँगै संघको एक दशकदेखिको निरन्तर प्रयासले सार्थक रुप लिने भएको हो । यसका लागि तेक्वान्दोसँग सम्बन्धित खेल पदाधिकारी, खेलाडी तथा प्रशिक्षकले लामो समयदेखि प्रयास गर्दै आएको गण्डकी प्रदेश तेक्वान्दो अध्यक्ष जगनबहादुर गुरुङले बताए । उनका अनुसार २०६७ सालदेखि भवन निर्माणका लागि संघका पदाधिकारी, खेलाडी तथा प्रशिक्षकले मासिक ५ सय सहयोग संकलन अभियान सुरु गरेका थिए । यस्तै खेलाडीहरुले देउसीभैलो खेलेर पनि रकम संलन गरेको भवन निर्माण समिति संयोजक एवं तत्कालीन कास्की जिल्ला तेक्वान्दो संघ अध्यक्ष रहेका गुरुङले बताए ।

भवन निर्माणकै लागि विदेशबाट पनि सहयोग रकम उठाइएको थियो । ‘भवन निर्माणका लागि हामीले १० वर्षदेखि अभियान सुरु गरेका हौं । स्वदेशमा मात्र नभएर बेलायत, हङकङ लगायतका नेपालीहरुबाट समेत सहयोग प्राप्त भएको छ,’ उनले भने, ‘लामो प्रयासपछि यसलाई शिलान्याससम्म आइपुग्दा अत्यन्त खुुसी छौं ।’

राखेप सदस्यसचिव घिसिङले भवनलाई पूर्णता दिन राखेपबाट सहयोग उपलव्ध गराइने विश्वास दिलाए

भवन बनिसक्दा २ करोड खर्च लाग्ने निर्माण समितिले जानकारी दिएको छ । यसमा तेक्वान्दो संघले थप ५० लाख रुपैयाँ सहयोग जुटाउने योजना बनाएको छ । भवनका लागि अपुग सरकारी निकाय र राखेपसँग सहयोग मागिएको गुरुङले बताए ।

कार्यक्रममा राखेप सदस्यसचिव घिसिङले भवनलाई पूर्णता दिन राखेपबाट सहयोग उपलव्ध गराइने विश्वास दिलाए । चालु आर्थिक वर्षको बजेट कार्यक्रममा समावेश गर्न नसकिएपनि आगामी वर्ष यसका लागि बजेट विनियोजन गरिने उनको प्रतिबद्धता थियो । नेपाल तेक्वान्दो संघका केन्द्रीय अध्यक्ष प्रकाशशमशेर राणाले तेक्वान्दो हलभित्र खेल्ने खेल भएकाले भवन भनिर्वाय रहेको बताउँदै भवन निर्माणपछि खेलाडीको राम्रो विकास हुने विश्वास व्यक्त गरे ।

२ रोपनीमा निर्माण हुने अत्याधुनिक हलसहितको भवनमा राष्ट्रिय प्रतियोगिता सञ्चालन गर्न सकिने गरी तयार गरिने कास्की जिल्ला तेक्वान्दो संघका कावा अध्यक्ष कुलचन्द्र शर्माले बताए । उनका अनुसार सुविधासम्पन्न र अत्याधुनिक हलमा विदेशी खेलाडी बिदामा आउँदा समेत खेल्न मिल्ने गरी निर्माण गरिनेछ । बजेट समयमै उपलब्ध भए ६ महिनाभित्र हल तयार गर्ने निर्माण समितिको योजना छ ।

Related News

सम्बन्धित समाचार

  • तनहुँको फ्रेन्डसीप क्लबलाई फुटबल उपाधि

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    लमजुङ । ‘सुखी गाउँ’ घलेगाउँमा नयाँ वर्ष अवसरमा सञ्चालित सातौं स्मार्ट भिलेज गोल्ड फुटबल कप उपाधि तनहुँको फ्रेन्डसीप क्लबले जितेको…
  • लेखनाथ हाफ म्याराथनमा आर्मीका सञ्जय च्याम्पियन

    आदर्श समाज सम्वाददाता वैशाख २, २०८१
    पोखरा । त्रिभुवन आर्मी क्लबका सञ्जय श्रेष्ठले दोस्रो संस्करणको लेखनाथ हाफ म्याराथनको उपाधि जितेका छन् । पोखरा महानगरपालिका खेलकुद विकास…
  • वडा ४ ले जित्यो अध्यक्ष कप फुटबल

    आदर्श समाज सम्वाददाता वैशाख १, २०८१
    लमजुङ । क्ब्होलासोथार गाउँपालिकाद्वारा सञ्चालित प्रथम अध्यक्ष कप खेलकुद प्रतियोगिताको उपाधि पुरूषतर्फ वडा ४ ले हात पारेको छ । गाउँपालिकाको…
  • ढोलाहिटीलाई फुटबल उपाधि

    आदर्श समाज सम्वाददाता चैत्र ३०, २०८०
    पोखरा । ढोलाहिटी फ्रिडमले दोस्रो एबिसी फोर्टी फाइभ प्लस एट ए साइड भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि रक्षा गरेको छ ।…
  • बुद्ध विशालको फुटसल प्रतियोगिता

    आदर्श समाज सम्वाददाता चैत्र २७, २०८०
    पोखरा । बुद्ध विशाल बजार व्यापारिक एसोसिएसन पोखराले आफ्ना व्यवसायीबीच सातौं आन्तरिक फुटसल प्रतियोगितामा राजेश खाँडको समूह विजयी भयो ।…

hero news full width