सुरक्षा पालुवाले इकाइगत सभा

आदर्श समाज सम्वाददाता
असाेज ८, २०७९
surakshya paluwas

पोखरा । सुरक्षा पालुवा बचत तथा ऋण सहकारीले १६ औं वार्षिक साधारणसभा सहकारी निर्देशिका तथा संस्थाको विनियममा उल्लेखित व्यवस्थाअनुसार इकाइरुपमा भएको छ ।

असोज ३ देखि ३ इकाइमा विभाजन गरी सञ्चालित सभा पहिलो दिन कालिकास्थान एकाइ, ५ मा लामगादी इकाइ र ७ मा भण्डारढिक इकाइमा इकाइतग सभा भएको हो । तीन वटै इकाइबाट कुल ३२ जना अन्तिम निर्णय प्रमाणित गर्ने प्रतिनिधि चयन गरेको संस्थाका प्रमुख कार्यकारी अधिकृत विष्णुप्रसाद अधिकारीले जानकारी दिए ।

असोज १० मा ती ३२ इकाइ प्रतिनिधिको सभाले अन्तिम निर्णय प्रमाणीकरण गर्नेछ

असोज १० मा ती ३२ इकाइ प्रतिनिधिको सभाले अन्तिम निर्णय प्रमाणीकरण गर्नेछ । शुक्रबार इकाइ ३ को कार्यक्रममा पोखरा २९ का वडाध्यक्ष श्रीप्रसाद गुरुङले सबै सहकारीलाई एकीकृत गर्दै एक वडा एक सहकारी बनाउन सुरक्षा पालुवा सहकारीले नेतृत्व लिनुपर्नेमा जोड दिए । सहकारीहरुले ऋणी मात्र नबनाई सहयोगी साथीको व्यवहार गर्न आग्रह समेत गरेका छन् ।

लेखनाथ उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष राजेन्द्र ओझा, सरस्वती टीका माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष लालु पराजुली, सिद्धार्थ बैंक तालचोक शाखाका प्रमुख केशवराज पौडेल, भण्डार पट्नेरी बहुउद्देश्यीय सहकारीका अध्यक्ष पदमप्रसाद अधिकारी, सुरक्षा पालुवा सहकारी इकाइ ३ का संयोजक देवमणि भण्डारी लगायतले सहकारीको सफलताको शुभकामना व्यक्त गरेका थिए । संस्था अध्यक्ष टुल्कनाथ आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत शिक्षा उपसमिति सदस्य अञ्जु अधिकारी थापा र सञ्चालन सहसचिव सतिश लामिछानेले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width