हाजिरीजवाफमा बालमन्दिर प्रथम

आदर्श समाज सम्वाददाता
असाेज ८, २०७९
bal mandir

हेमजा । माछापुच्छ्रे माविको स्वर्ण महोत्सव अवसरमा पूर्व विद्यार्थी मञ्चले शुक्रबार गरेकोे विद्यालयस्तरीय हाजिरीजवाफ प्रतियोगितामा ८ विद्यालयलाई पछि पार्दै बालमन्दिर माविको समूह प्रथम भएको छ ।

जसमा सिम्पालीको सिर्जना मावि द्वितीय, सेराचौर स्थित दुर्गाभवानी आदर्श आधारभूत विद्यालय तृतीय साथै माछापुच्छ्रे मावि ढिकुरपोखरीको समूह सान्त्वना भए ।

पूर्व प्रधानाध्यापक तथा क्याम्पस प्रमुख रामचन्द्र सुवेदीले विद्यार्थी प्रतिभा प्रस्फुटन गराउन अतिरिक्त क्रियाकलापको महत्वपूर्ण भुमिका रहने औंल्याउँदै विद्यार्थीलाई अनुशासित बन्न सुझाव दिए । सुवेदीले समाज निर्माणमा शिक्षाको भूमिका अहम रहने पनि उल्लेख गरे ।

प्रअ घनश्याम पौडेलले विद्यालयको ऐतिहासिक पृष्ठभूमिमाथि चर्चा गर्दै सबैको सद्भावबाट विद्यालय संचालन भइरहेको भनाइ राखे । अध्यक्षको आसनबाट मञ्च अध्यक्ष गायत्री अधिकारी पराजुलीले विद्यालयसँग हातेमालो गर्न मञ्च तयार रहेको स्पष्ट पार्दै विद्यालयको समग्र विकासमा पूर्व विद्यार्थी मञ्चले भूमिका खेल्ने प्रतिबद्धता जनाइन् । कार्यक्रम संचालन सचिव रमेश भण्डारीले गरेका थिए ।

२०२९ सालमा स्थापित विद्यालयले यस वर्षको पुस १२ देखि २० सम्म स्वर्ण महोत्सव मनाउँदै छ ।

Related News

सम्बन्धित समाचार

hero news full width