पवित्र सहकारीको स्थापना दिवसमा सहयोग

आदर्श समाज सम्वाददाता
असाेज ८, २०७९
pabitra saving newsf

पोखरा । रानाभाट तथा भाट समाजद्वारा स्थापित पवित्र बचत तथा ऋण सहकारी संस्थाको १२ औं स्थापना दिवस खाद्यान्न सहयोग गरी मनाएको छ ।

संस्थाले मादी गाउँपालिका तारकाङ घर भई हाल पोखरा ३ नदीपुर बस्दै आएका दीर्घमान रानाभाटको परिवारलाई खाद्यान्न सहयोग गरेको हो । कार्यक्रममा संस्थाका अध्यक्ष बुद्धिबहादुर रानाभाटले सहकारीले सामाजिक उत्तरदायित्वअन्तर्गत हरेक वर्ष स्थापना दिवसको अवसरमा व्यक्ति तथा संस्थाहरुलाई खाद्यान्न सहयोग गर्दै आएको बताए ।

सो अवसरमा सहकारीका संस्थापक सचिव तथा सल्लाहकार कृष्ण रानाभाट, उपाध्यक्ष गुप्तबहादुर रानाभाट, सचिव चन्द्रु रानाभाट, कोषाध्यक्ष एकेन्द्र बञ्जराभाट, ऋण उपसमिति संयोजक यामबहादुर रानाभाट, सदस्यहरु रेवती अधिकारीभाट, लेखनाथ रानाभाट, प्रबन्धक संगीता रानाभाट र कार्यालय सहायक अप्सरा रानाभाटको उपस्थिति रहेको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width