नागरिकताका लागि संघर्ष

धनबहादुर गुरुङ
असाेज ८, २०७९
Third Gender Photo

पोखरा । नेपालका यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय (पारलैंगिक) मध्ये ‘अन्य’ लैंगिक पहिचानबाट १ सय ८३ जनाले नागरिकता लिइसकेका छन् । तीमध्ये कास्कीका ४५ जना छन् ।

तर कुनै पनि देशको ५ प्रतिशत पारलैंगिक हुने हुँदा नेपालमा पारलैंगिकको जनसंख्या ९/१० लाख रहेको नीलहिरा समाजको आकलन छ । उनीहरु विविध कारण आफ्नो पहिचान खुलाउन चाहँदैनन् ।

पारलैंगिक यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको आवाजको निम्ति नीलहिरा समाज स्थापना भएको हो । संस्थाकै पहलमा सर्वोच्चले पहिलो पटक सन् २००७ मा नागरिकलाई पहिचानसहितको मौलिक अधिकार र स्वतन्त्रताको उपभोग गर्न नदिने सबै कानुन भेदभावपूर्ण मानिने व्याख्या ग¥यो ।

नेपालमा पारलैंगिक समुदायलाई सन् २०१३ देखि नागरिकता र २०१५ देखि राहदानी प्रदान गर्न सुरु भयो । तर, नागरिकता लिन सहज नभएको अधिकारकर्मीको टिप्पणी छ । हाल नेपालमा यौनिक तथा अल्पसंख्यकलाई नागरिकतामा ‘अन्य’ भन्दै नागरिकता दिने गरिन्छ । नेपालको संविधान धारा १८ ले पहिचानसहितको नागरिकता उपलब्ध गराउने उल्लेख गरेको भए पनि उनीहरु अझै पनि पारलैंगिकको पहिचान दिएर नागरिकता लिन वञ्चित छन् ।

नागरिकता बनाउनकै लागि लिंग परिवर्तन गरेको प्रमाण पेस गर्नुपर्ने बाध्यता छ । मेडिकल रिपोर्ट देखाएपछि नागरिकतामा ‘अन्य’ लेख्न पाइने गरेको नौलो घुम्ती नेपाल, पोखराका कार्यालय प्रमुख रजनी थकालीले बताइन् ।

विडम्बना, नागरिकता लिनकै लागि केहीले नाङ्गिनु पर्ने बाध्यता रहेको थकाली बताउँछिन्

विडम्बना, नागरिकता लिनकै लागि केहीले नाङ्गिनु पर्ने बाध्यता रहेको थकाली बताउँछिन् । जुन कार्य अन्यायपूर्ण र मानवअधिकारविरुद्ध हो । आफ्नो अधिकार लिन उनीहरु हिंसा सहन बाध्य छन् । ‘मेडिकल प्रुफको सर्टिफिकेट ल्याएपछि मात्र नागरिकता दिनेखालको कुरा छ । कति जनाले त लिङ्ग परिवर्तन गर्नुभयो । एउटा सरकारी अस्पतालमा मेडिकल बक्स छ त्यहाँ चिकित्सकले निवस्त्र गराउनुहुन्छ । होकि होइन भनेर भेरिफाइ गर्नुहुन्छ,’ उनले भने, ‘हामीले हाम्रो पहिचान यो हो भनेर भन्दा देखाउनु पर्ने ? यो एकदम दुखको कुरा हो । त्यो भन्दा अगाडि जुन जतिले लिङ्ग परिवर्तन गर्नुभएको छ । उहाँहरु सबैले गएर देखाउनु भएको छ । पछि, आएर अन्यमा लिए पनि मेडिकल प्रफु चाहिं देखाउनुपर्छ ।’

विभेदपूर्ण कानुनले आफूहरु अन्यायमा परेको उनी बताउँछिन् । सबै पारलैंगिकले लिङ्ग परिवर्तन गर्न सक्ने अवस्था नरहेकोले यो नियम विभेदकारी रहेको उनको भनाइ छ । ‘हामीले नागरिकता लिंदा नाङ्गो हुनुपर्ने कानुनमा लेखेको छैन तर ट्रान्सजेन्डरले नागरिकता लिंदा नाङ्गिनु पर्छ । सबै ट्रान्सजेन्डरले लिङ्ग परिवर्तन नगर्न सक्छन्,’ उनले भनिन्, ‘आर्थिक स्रोत हुनु प¥यो । लिङ्ग परिवर्तन कसरी गर्ने दक्ष जनशक्तिको कमी छ । हाम्रो समुदायको आर्थिक अवस्था पनि कमजोर छ । सबै आधारमा हामीलाई विभेद हो ।’

नागरिकताका लागि निवस्त्र हुनुपर्ने बाध्यताले आत्मसम्मानमा चोट पुगेको नीलहिरा समाजका कार्यक्रम अधिकृत एलेन भण्डारीको गुनासो छ । उनले पनि अहिलेसम्म पारलैंगिकका रुपमा नागरिकता पाएका छैनन् । जन्मदा केटीको स्वरुपमा जन्मेका एलेनको नाम एलिना हो तर उनी एलेन भन्न रुचाउँछन् । उनले आफूमा परिवर्तन गर्नकै लागि केटाको हर्मोन लिए, स्तन र पाठेघर फ्याँकेर केटाको भेषमा बदलिए पनि उनले आफ्नो पहिचानको नागकिता पाउन वञ्चित छन् । नियम विभेदकारी भइरहँदा आफूहरुले थप हिंसा भोग्नुपर्ने अवस्था रहेको उनको गुनासो छ ।

‘हामीलाई मिलेसम्म हाम्रै पहिचानको नागरिकता चाहिन्छ । त्यसकै लागि संघर्ष गरिरहेका छौं,’ उनले भने, ‘माथिबाट हाम्रो प्रकार नागरिकतामा राख्दा लामो भयो भन्ने प्रतिक्रिया दिनुुहुन्छ । त्यसैले अन्य लेखिएको हो । हामी आफ्नो पहिचानका लागि संघर्षमै छौं ।’

Related News

सम्बन्धित समाचार

  • चुमानलाई अर्थ, मनाङेलाई भौतिक पूर्वाधार मन्त्रालयको जिम्मा

    आदर्श समाज सम्वाददाता वैशाख ८, २०८१
    पोखरा । गण्डकी प्रदेशमा बिनाविभागीय २ जना मन्त्रीहरुले मन्त्रालयको जिम्मा पाएका छन् । माओवादीका हरिबहादुर चुमानले आर्थिक मामिला र राजीव…
  • सुनौली–मुक्तिनाथ धार्मिक मार्ग यात्रा सुरू

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । कृष्ण गण्डकी शालिग्राम पर्यटन प्रतिष्ठान आयोजनामा नेपाल–भारत सिमानाको सुनौलीबाट सुनौली–मुक्तिनाथ धार्मिक मार्ग यात्रा सुरू भएको छ । कालीगण्डकी…
  • ‘वन्यजन्तु संरक्षणमार्फत पर्यापर्यटन बढाऔं’

    श्रीभद्र पौडेल वैशाख ७, २०८१
    पोखरा । वन्यजन्तु संरक्षण गरी पर्यापर्यटन बढाउनुपर्ने एक कार्यक्रमका वक्ताले जोड दिएका छन् । पृथ्वीनारायण क्याम्पस प्राणीशास्त्र विभाग तथा प्राणीशास्त्र समाजको…
  • कथा सुन्न भक्तजनको आकर्षण

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । पाेखरा नयाँबजारमा जारी श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञमा भक्तजनको आकर्षण बढ्दो छ । हरिहर सन्यास आश्रम देवघाटधामका पीठाधीश अनन्तश्री विभूषित स्वामी…
  • कन्या क्याम्पसमा प्राध्यापकको बिदाइ

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । कन्या क्याम्पस पोखरा र प्राध्यापक संघको संयुक्त आयोजनामा प्राडा नरहरि उपाध्याय गौतम, सहप्राध्यापक घनबहादुर थापा र उपप्राध्यापक राजेन्द्रबहादुर…

hero news full width