गोडरेजको ‘क्यास सर्प्रराइज योजना सार्वजनिक

आदर्श समाज सम्वाददाता
असाेज ६, २०७९
godrej cash prize

पोखरा, ६ असोज । रेफ्रिजेरेटर ब्रान्ड गोडरेजले दसैंतिहार लक्षित गरी गोडरेजको ‘क्यास सर्प्रराइज’ योजना सार्वजनिक गरेको छ । योजनाअन्तर्गत ग्राहकले गोडरेजको होम एप्लायन्स खरिदमा आकर्षक क्यास ब्याक र उपहार प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

हरेक गोडरेजको सामान खरिदमा २६ प्रतिशतसम्म छुट र आकर्षक उपहार व्यवस्था छ । फ्रन्ट लोड वासिङ मेसिन खरिदमा आकर्षक छुट साथै ६ केजी सर्फ एक्सेल म्याटिक वासिङ पाउडर र टप लोड वासिङ मेसिनमा छुटको साथै ३ केजी सर्फ एक्सेल म्याटिक वासिङ पाउडर प्राप्त गर्न सकिने छ ।

त्यस्तैगरी, सेमी अटोमेटिक वासिङ मेसिनमा २ केजी सर्फ एक्सेल म्याटिक वासिङ पाउडर पाउनुका साथै माइक्रोवेभ ओवनमा छुट व्यवस्था छ । साथै, रेफ्रिजेरेटर, एअर कुलर, छोटुकुल, चेस्ट फ्रिजर, एसी र भाइरोसिल्ड खरिदमा छुट दिइएको छ ।

एसीमा आकर्षक छुट र ४ हजार बराबरको निशुल्क एसी जडान सुविधा रहेको कम्पनीले जनाएको छ । कम्पनीले फ्री डेलिभरी, फ्री इन्स्टलेसन एन्ड डेमो र शून्य प्रतिशतमा फाइनान्स सुविधासमेत प्रदान गरेको छ ।

६४ वर्षअघि स्थापित इन्डियाको नम्बर १ ब्रान्ड गोदरेजको नेपालको आधिकारिक बिक्रेता चौधरी ग्रुपको सिजी इलेक्ट्रोनिक्सअन्तर्गत सिजी इओएल हो । कम्पनीका सिजी डिजिटल शोरुम काठमाडौंमा टंगाल, कुमारीपाटी, भक्तपुर राधे राधे, कीर्तिपुर, रविभवन, हात्तीगौडा, त्रिपुरेश्वर, नयाँबजार, बसुन्धरा, जोरपाटी र काठमाडौं बाहिर इटहरी, हेटौंडा, भरतपुरमा छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width